Monday, March 16, 2015

लाजिम्पाटमा खुल्योे सिटी होटल




चैत १, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा सिटी होटल एण्ड सुइट्स सञ्चालनमा आएको छ । ४० ओटा कोठा र १० ओटा अपार्टमेण्ट सुइट्स तथा रेष्टुराँको सुविधासहितको सो होटल १२ करोड रुपैयाँको लगानीमा स्थापना भएको हो । होटेलियर कवीरजङ्ग थापा, इभेण्ट म्यानेजमेण्टमा नाम कमाएका सीमान्त गुरुङ र ऋद्धि वान्तवा राणाको संयुक्त लगानीमा स्थापना भएको सो होटल शुक्रवारदेखि औपचारिकरूपमा सञ्चालनमा आएको हो । 

नेपाली कर्पोरेट क्षेत्र, व्यवसायी र स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सो होटलले कोठाको शुल्कमा छूट घोषणा गरेको प्रमुख कार्यकारी अधिकृत कवीरजङ्ग थापाले जानकारी दिए । ‘अहिलेका लागि हामीले एउटा कोठाको मूल्य प्रतिरात ६ हजार रुपैयाँ मात्र राखेका छौं,’ उनले भने, ‘आयातित फर्निचर, आप्mनो आवश्यकताअनुरूप नरम र कडा बनाउन सकिने बेड र स्मार्ट टीभीले पर्यटकलाई उच्च सन्तुष्टि प्रदान गर्नेछन् ।’ राजधानीमा स्मार्ट टीभीको प्रयोगको थालनी आपूmले गरेको दाबी गर्दै थापाले भने, ‘पर्यटकलाई घरपरिवार तथा इष्टमित्रसँग सम्पर्कमा रहन इण्टरनेट महŒवपूर्ण हुन्छ । त्यसैले सबै कोठामा स्मार्ट टीभी राखिएको हो ।’ थ्रीडी गुणस्तरका ती टीभीमा २ एमबीपीएस गतिको इण्टरनेट जडान गरिएको छ । यो न्यूयोर्क, बैङ्कक तथा हङ्कङलगायत शहरमा रहेका स्मार्ट तथा कम्प्याक होटलबराबरकै सुविधा भएको सिटीको दाबी छ । 

राजनीतिक स्थिरतासँगै नेपालको पर्यटन क्षेत्रमा लगानी बढ्दै गएकाले आपूmहरू भविष्यप्रति आशावादी रहेको होटलका प्रवन्ध निर्देशक सीमान्त गुरुङले बताए । निकट भविष्यमै सिटीका शाखाहरू चितवन, पोखरा र भैरहवामा पनि विस्तार गरिने उनले जानकारी दिए । त्यस्तै, चाँडै नै होटलमा माथिल्लो तलामा सिटी भ्यू रेष्टुराँ सञ्चालनमा ल्याउने पनि होटलको योजना छ । होटलमा २० ओटा गाडी पार्किङ गर्न सकिने सुविधा छ । लञ्चदेखि कफी तथा बारसम्मको सुविधा एकै ठाउँमा रहेको ‘इण्टिग्रेटेड रेष्टुराँ’ होटलको अर्को विशेषता हो । सेतो रङमा नीलोको प्रयोग गरिएको होटलको आन्तरिक सजावटले कर्पोरेट अनुभूति दिलाउँछ । स्थापनासँगै होटलका अपार्टमेण्ट सुइटहरू बूक भइसकेका छन् ।

March 16, 2015 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...