Monday, March 16, 2015

हस्तक्षेप होइन, शुभेच्छा : सिंह

भारतीय लोकसभामा नेपालको राजनीतिक अस्थिरतामाथि छलफल

फागुन १३, काठमाडौं । नेपालको आन्तरिक राजनीतिक मामिलामा कुनै पनि रूपमा हस्तक्षेप नगर्ने भारतले पुनः स्पष्ट पारेको छ । बुधवार भारतीय व्यवस्थापिकाको तल्लो सदन लोकसभालाई सम्बोधन गर्दै विदेश राज्यमन्त्री भीके सिंहले नेपालको राजनीतिक दिशानिर्धारण यहाँकै राजनीतिक दल र जनताले गर्ने भन्दै त्यसमा भारतले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका हुन् । ‘प्रजातान्त्रिक, स्थिर र समृद्ध नेपाल भारतको हितमा छ । एक असल छिमेकीको नाताले हामी सोही चाहन्छौं,’ जनप्रतिनिधिका प्रश्नहरूको जवाफ दिँदै सिंहले भने । नेपालका राजनीतिक दलहरूले चाँडै नै वार्ताबाट सहमति निर्माण गरी संविधान निर्माणलाई गति दिनेमा आपूm आशावादी रहेको पनि उनले बताए । 

लोकसभामा सांसद् योगी आदित्यनाथ र नलिनकुमार कटिलले नेपालको राजनीतिक अस्थिरताबारे गम्भीर चासो व्यक्त गर्दै त्यसबारे विदेशमन्त्रीको धारणा मागेका थिए । उनीहरूले पछिल्लो समय नेपालमा देखिएको राजनीतिक अस्थिरताको भारतले समीक्षा गरेको छ÷छैन भनेर सोधेका थिए । ‘नेपालको पछिल्लो राजनीतिक अवस्थाले भारतको राष्ट्रिय सुरक्षामा कुनै खतरा छ/छैन ?,’ उनीहरूले सोधेका थिए । यदि कुनै खतराको आँकलन गरिएको भए त्यसविरुद्धमा भारत सरकार केकस्ता कदम चाल्दै छ, त्यसको जानकारी गराउन पनि उनीहरूले माग गरेका थिए । सोसँगै क्षेत्रीय शान्ति सुरक्षा तथा राजनीतिक स्थिरता बहालीका लागि भारतले कस्तो प्रयास गरिरहेको छ भन्ने पनि उनीहरूले जान्न चाहेको बताइएको छ । 

सन् २००८ को संविधानसभाको निर्वाचनपछि नेपालले गणतन्त्र बहालीलगायत अन्य उल्लेख्य राजनीतिक उपलब्धि हासिल गरे पनि संविधान निर्माण गर्न नसकेकोमा भारतले गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ । सङ्घीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्यायप्रणालीको संरचनाको मुद्दा जटिल बन्दै जाँदा राजनीतिक गतिरोध बढेको भारतको ठम्याइ छ । 

काठमाडौंस्थित भारतीय दूतावासले बुधवार अपराह्न ट्वीटरमा सार्वजनिक गरेको सूचनाअनुसार राजनीतिक अस्थिरताको अन्त्य र संविधान निर्माण गरी संवैधानिक गणतन्त्र र समृद्ध अर्थतन्त्रमा नेपाललाई लैजानका लागि आवश्यक पर्ने नैतिक तथा भौतिक सहयोग गर्न आपूm तयार रहेको भारतले पुनः प्रतिबद्धता व्यक्त गरेको छ । यसका साथै गएको चुनावमा जनताले दिएको म्याण्डेट र विगतमा गरेका सहमतिको सम्मान गर्दै शान्ति प्रक्रियालाई अघि बढाउन पनि उसले आग्रह गरेको छ ।

February 26, 2015 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...