Showing posts with label Satire. Show all posts
Showing posts with label Satire. Show all posts

Tuesday, March 19, 2013

पेट्रोल अभाव भएकै राम्रो

जाँदाजाँदै भट्टराई सरकारले इन्धन अभावको उपहार दियो । सरकारको अखण्ड विरोध गर्नेहरुका लागि नयाँ बहाना मिल्यो । अरु कुनै विरोधले नगलेको सरकार आप्mनो वहिर्गमन निश्चित भइसकेकाले निश्चिन्त थियो । त्यसैले त्यही भयो, जे आशा थियो – अर्थात केही भएन । अरु बेलामा भएको भए सरकारलाई यस्तो अभावको प्रत्यक्ष फाइदा पुग्थ्यो । विरोधीहरु सरकार नालायक भएको नारा अलाप्थे र सरकार केही दिनमा आपूर्ति सुचारु गरी उनीहरुलाई चुप लगाउने अभूतपूर्व अवसर पाउँथ्यो । यसपालि सरकारलाई त्यस्तो केही गर्नु परेन ।
***
असन्तुष्ट हुनु नै पत्रकारको एक मात्र धर्म हो कि जस्तो लाग्छ । जति सूचना पाए पनि नपुग्ने, जति लेखे पनि नहुने । उनीहरुलाई पात हल्लेको लेख्न हावा चल्नु नै पर्दैन, हावा चल्दैछ भन्ने सुईंको मात्र पाए पुग्छ । कतिपय पत्रकार साथीहरु दिउँसो ४ बजेतिर खुइय सुस्केरा हाल्दै हावा नचलेको निराशा व्यक्त गरिरहेको सुन्न पाइन्छ । पेट्रोल अभाव (यहाँ मैले जानाजान पेट्रोल अभाव लेखेको हुँ किनकि अधिकांश पत्रकारहरु दुई पाङ्ग्रेमा गुड्छन् । अर्कातर्पm जत्ति नै अभाव भएपनि सार्वजनिक यातायात बन्द भएको छैन शहरमा) हुनु भनेको त उनीहरुका लागि आँधी हुरी आए सरह हो । नभए पत्रपत्रिका र टीभी हेर्नुस त, हेडलाइन के छ ? तस्वीर के छ ? भिडियो के छ ? भक्स पप के छ ? सञ्चारमाध्यम मात्र किन पूरा मुलुक डिजेल पेट्रोलमय भएको छ । मट्टीतेलको के कुरा गर्नु र ? पत्रकारले स्टोभमा खाना पकाउने भए मुलुक मट्टितेलमय हुन्थ्यो होला । तर, पत्रकारको जीवनस्तर बढेको छ क्यारे त्यसैले मट्टितेलको चर्चा हुँदैन मिडियामा ।
इन्धन अभावले धेरै पत्रकारलाई रोजगारी दिएको छ । कति सिंहदरबारको चक्कर लगाउँछन्, कति आयल निगम धाउँछन् । धेरैजसो पेट्रोल पम्प पनि पुग्छन् । पत्रकार हुम् भनेर तेल पाइयो भने समाचार अलि नरम हुन्छ, पाइएन भने तेल अभाव निकै चर्को हुन्छ । पेट्रोल पम्पमा लागेको लाइनले पत्रकारको जागिर जोगाइदिएको छ । फोटोपत्रकारले एङ्गल फेरेर तस्वीर लिन पाएका छन् । टीभीले भक्स पप लिन र सरकारलाई गालि गर्न पाएका छन् । इन्धन अभाव नभएको भए के यो सम्भव थियो र ?
***
भद्रकालीस्थित सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा लाइन लाग्दै गर्दा छेवैमा एउटी युवती आइपुगिन । विहान नौ बजे लाइन लागेको बताउने उनी दिउसो १ बज्दासम्म पनि लाइनमै थिइन् । नयाँ डियो लिएर आएकी उनी आपूmलाई घामले पोलेको र भोक लागेको भन्दा स्कुटी कोरिएला कि भन्नेमा बढी चिन्तित थिइन् । तर, त्यसबेलासम्म उनको स्कुटीले ३÷४ चोट खाइसकेको देखिन्थ्यो । उनलाई स्कुटी अड्याउन, जोगाउन सघाउने र चर्को घाममा पानी खुवाउने एक अर्का युवा थिए । ५ घण्टा लाइनमा बस्दाबस्दै उनीहरुको आत्मीयता निकै बढेर गएजस्तो लाग्थ्यो । त्यसबीचमा उनीहरुले मोबाइल नम्बर साटासाट पनि गरे । युवक पनि के कम भोली पल्टै एउटा क्याफेमा कफीको निम्ता दिइहाल्यो । युवतीले मुस्कानका साथ मुण्टो हल्लाइन् ।
***
छेउमै उभिएका एक अधवैंशेको फोन बज्यो । फोन छोरीले पढ्ने स्कुलबाट आएको रहेछ । छोरीलाई अचानक ज्वरो आएकाले मिसले फोन गरेकी रहिछन् । ‘आपूm खाना खान नपाईकन यो घाममा टाक्सिएको छु, उता छोरी बिरामी भई,’ उनी भुत्भुताए । अनि उनले आप्mनी जहानलाई फोन घुमाए । नेपाल टेलिकमको केन्द्रीय कार्यालयको छेउमै उभिए पनि उनले फोनमा प्रष्टसँग कुरा गर्न पाएनन् । एक पटक एनटीसीलाई सरापे अनि कटुवाल शैलीमा कराउँदै छोरी बिरामी भएकोले जहानलाई स्कुल जान भने । गृहिणी जहान शायद जान मानिनन् । अनि उनले झपार्दै आपूm पेट्रोलको लाइनमा बसेर निस्किन नसकेको बताउँदै तुरुन्त जान भने । त्यसपछि उनी जान मानिन् क्यारे । उनले सन्तोषको सास फेर्दै भने, ‘एउटा कुरा त राम्रै भयो । मेरी बुढी घरबाट निस्किनै मान्दिन । पेट्रोलकै दुःखले कमसेकम उसले छोरीको स्कुल त देख्ने भइ ।’
***
मुलुकको प्रमुख शासकीय केन्द्र सिंहदरबारको मुखैमा सयौं मानिस त्यसरी ठेलमठेल गर्दै तेल भर्ने लाइनमा बसेको दृष्य अन्य मुलुकमा देख्न कहाँ पाउनु र ? त्यसैले होला, सिंहदरबार–भद्रकाली–शहीदगेट सडकमा गुड्ने सबै पर्यटकीय बाहनका सवारहरुका लागि त्यो विरलाकोटीको दृष्य भयो । त्यहाँबाट हिंड्ने सम्पूर्ण विदेशी पाहुनाहरुले आफुले सकेसम्म र धित मरुन्जेत त्यो लाइनको फोटो र भिडियो खिचे । उनीहरुको अनुहारमा आश्चर्य र रोमाञ्चको भाव थियो । मलाई लाग्यो, यो इन्धन अभावले नेपालको पर्यटकीय महत्व थप बढेको छ । बरु समय तालिका बनाएरै बेलाबेलामा इन्धन अभावको आयोजना गर्ने हो कि ?
***
भद्रकालीको पाँच घण्टे लाइनले अरु पनि धेरै काम ग¥यो । त्यस अवधिमा ३ जनाले पानी बेचे, त्यो पनि एकदुई बोतल होइन केही कार्टोन पूरै । चनाचटपट, मेवा र फलपूmलको विक्री पनि बढ्यो । त्यसले केही नेपालीलाई उद्यमशील बनायो । उनीहरुको व्यापार व्यवसाय केही दिनका लागि भए पनि बढ्यो ।

मोदनाथ ढकाल (चैत ३, २०६९)

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...