Wednesday, May 18, 2016

शेयर डिम्याट के हो ?

यसरी खोल्नुस डिम्याट खाता 
मोदनाथ ढकाल

तपाईंले शेयर बजारमा लगानी गर्नुभएको छ ? वा अब कुनै कम्पनीको शेयर किन्ने सोचमा हुनुहुन्छ ? त्यसो भए तपाईंले शेयर डिम्याटबारे जानकारी राख्नै पर्छ किनकि पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यका र माघ १ गतेदेखि नेपालभरबाट सार्वजनिक निष्काशनमा आवेदन दिने व्यक्तिहरुले अनिवार्य रुपमा डिम्याट खाता शेयरको दरखास्त फाराममै भर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैले शेयरमा लगानी गरेको वा लगानी गर्ने सोच बनाएको दुवै अवस्थामा तपाईंले डिम्याट खाता खोल्नै पर्ने हुन्छ । तर, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि धितोपत्र निष्काशन हुँदा भने डिम्याट खाता खोल्नै पर्ने बाध्यता छैन ।
यहाँ थाहा पाउनु पर्ने कुरा के छ भने कुनै पनि लगानीकर्ताले एक भन्दा बढी डिम्याट खाता खोल्न सक्छन् । साथै, सीडीएससीमा सूचीकृत सबै धितोपत्रहरु एउटै लगानीकर्ताको नाममा दर्ता छने भने ति सबै धितोपत्रलाई एउटै डिम्याट खातामा अभौतिकीकरण गरेर राख्न सकिन्छ ।
शेयरको डिम्याट (डिमटिरियलाइजेशन वा अभौतिकीकरण) भनेको कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राख्ने काम हो । यसले लगानीकर्ताहरुलाई शेयर प्रमाणपत्र तथा अन्य सम्बन्धित कागजातहरु बोकेर हिंडनुपर्ने बाध्यताबाट मुक्ति दिएको छ । साथै, महत्वपूर्ण कागजातहरु हराउने वा नष्ट हुने जोखिम पनि कम भएको छ ।
त्यति मात्र होइन डिम्याट गरिएका धितोपत्रहरुको हस्तान्तरण पक्रिया पनि छिटो र कम खर्चिलो हुन्छ भने सबै प्रकारका गैरमौद्रिक संस्थागत गतिविधि तथा आईपीओ पनि व्यवस्थित र सरल हुन्छन् । हाल आईपीओमार्फत शेयर लगानी गर्ने लगानीकर्ताले प्रमाणपत्रका लागि लामो समय प्रतिक्षा गर्नुपर्छ तर डिम्याट खाता खोलिसकेपछि निष्काशन कम्पनीले वितरण गरेका धितोपत्र तत्कालै सो खातामा जम्मा गर्न सकिन्छ ।
डिम्याटले कुनै पनि शेयरको स्वामित्वमा भएको परिवर्तनलाई प्रभावकारी ढंगले अनुगमन तथा निगरानी गर्न सहयोग पु¥याउँछ जसले कम्पनीलाई कुनै पनि अनुचित कार्यका बारेमा बेलैमा जानकारी लिन सजिलो हुन्छ ।
शेयरको अभौतिकीकरण गर्ने कार्य सन् १९६० दशकमा अमेरिकामा शुरु भएको हो । युरोपेली मुलुकहरुमा ९९ प्रतिशतसम्म शेयरको डिम्याट भइसकेको पाइन्छ ।

पूर्ण डिम्याट
धितोपत्र बजारलाई पूर्ण स्वाचालित बनाउन २०७२ माघदेखि पूर्णरुपमा अभौतिकीकरण भएको शेयरको मात्र कारोबार शुरु गरिएको छ भने हकप्रद शेयर तथा बोनस शेयर लगानीकर्ताहरुको डिम्याट खातामै प्राप्त गर्ने व्यवस्था सञ्चालनमा आइसकेको छ । हाल निक्षेप सदस्य सेवा ५५ जिल्लामा पुगेको छ भने आगामी असार मसान्तसम्म ७५ ओटै जिल्लामा निक्षेप सदस्य सेवा विस्तार गर्ने सीडीएससीले जानकारी दिएको छ ।
डिम्याट भइसकेका शेयरहरु सेण्ट्रल डिपोजिटरी सिष्टममा सुरक्षित रहन्छन् । नेपालमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले सेण्ट्रल डिपोजिटरीको सेवा प्रदान गर्दछ । नेप्सेले प्रवद्र्धन गरेको यो कम्पनी २०६७ सालमा सञ्चालनमा आएको हो । भारतमा भने यो भन्दा १५ वर्ष अघि सन् १९९६ मा नेशनल सेक्युरिटिज डिपोजिटरी लिमिटेड (एनएसडीएल) र सन् १९९८ मा सेण्ट्रल डिपोजिटरी सर्भिसेज लिमिटेड (सीडीएसएल)को स्थापना भएको थियो ।
बैसाख २१ गते सम्ममा नेप्सेमा सूचीकृत २४१ कम्पनीमध्ये १९८ सीडीएससीमा दर्ता भइसकेका छन् भने दर्तावाल क्लियरिङ मेम्बरको संख्या ५० पुगेको छ । अनुमति प्राप्त निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेण्ट – डीपी)/ब्रोकरको संख्या ४९ छ । हालसम्म ६५ करोड ८२ लाख, ३ सय ८० कित्ता शेयरको डिम्याट भइसकेको छ ।

डिम्याट खाता खोल्ने तरिका 
शेयर लगानी कर्ताले निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेण्ट – डीपी) सँग गएर डिम्याट खाता खोल्न सक्छन् । शेयर ब्रोकर, बैंक तथा वित्तीय संस्था र सेबोनले तोकेका अन्य संस्था वा निकायहरुले डीपीको सेवा दिन सक्छन् । यसरी खोलिएको खाताको सम्पूर्ण विवरण सेण्ट्रल डिपोजिटरीमा सुरक्षित रहन्छ ।
त्यसका लागि लगानीकर्ताले सबैभन्दा पहिले खाता खोल्नका लागि फारामसहित नागरिकता लगायत अन्य आवश्यक कागजातहरु डीपीमा पेश गर्नुपर्छ । त्यसपछि डीपीले लगानीकर्ताको खाता खोली उस्को हस्ताक्षरको अभिलेख राख्छ जुन सीडीएससीमा रेकर्ड हुन्छ । सीडीएससीले सो डिम्याट खाता सदर गरी त्यसको जानकारी डीपीलाई पठाउँछ अनि डीपीले खाता सदर भएको पत्र लगानीकर्तालाई दिन्छ ।
यसरी खाता खोल्नका लागि पहिले नै शेयरमा लगानी गरेको हुनु पर्दैन । डिम्याट खाता विना कुनै मौज्दातमा खोल्न र व्यवस्थित गर्न सकिन्छ ।
यहाँ थाहा पाउनु पर्ने कुरा के छ भने कुनै पनि लगानीकर्ताले एक भन्दा बढी डिम्याट खाता खोल्न सक्छन् । साथै, सीडीएससीमा सूचीकृत सबै धितोपत्रहरु एउटै लगानीकर्ताको नाममा दर्ता छने भने ति सबै धितोपत्रलाई एउटै डिम्याट खातामा अभौतिकीकरण गरेर राख्न सकिन्छ ।
डीपीले हरेक तीन महिनामा लगानीकर्तालाई उसको डिम्याट खाताको फाँटवारी उपलब्ध गराउने हुँदा आप्mनो खाताको विवरण नियमित पाउन सकिन्छ । निकट भविष्यमै लागू गर्ने भनिएको धितोपत्रहरुको सूचनाको विद्युतीय पहुँच (ईएएसआई)मा डीपी दर्ता भइसकेपछि लगानीकर्ताले आफैले अनलाइनमार्फत आप्mनो खाताको अवस्था थाहा पाउन सक्नेछन् ।
तर, अन्य लगानीकर्ता वा डीपीले तपाईंको खाताको विवरण हेर्न भने सक्ने छैनन् । खातामा कुनै समस्या आएमा वा कुनै विवरण हराएमा तपाईं आप्mनो डीपीलाई सूचना दिई त्यस्ता समस्याको समाधान गर्न सक्नुहुन्छ ।
आफूसँग भएका धितोपत्रको डिम्याटका लागि निवेदन दिंदा धितोपत्रको आईएसआईएन (इण्टरनेशनल सेक्युरिटिज आइडेण्टिफिकेशन नम्बर) उल्लेख गर्नुपर्छ त्यस्तो नम्बर आप्mनो डीपी वा सीडीएससीको वेवसाइट धधध।अमकअलउ।अयm बाट लिन सकिन्छ । तर, आफूले डिम्याट गर्न निवेदन दिएका धितोपत्र सीडीएससीमा अभौतिकीकरणका लागि सूचीकृत भने भएको हुनुपर्छ । त्यस्ता धितोपत्र डिम्याटका लागि सूचीकृत भएका छैनन् भने सम्बन्धित कम्पनीलाई सीडीएससीमा सूचीकृत गर्न आग्रह गर्नुपर्छ ।
सामान्यतयाः धितोपत्रको डिम्याट गर्ने काम १० दिनमा पूरा हुन्छ । यसरी परिवर्तत गरिएको धितोपत्रलाई कुनै पनि बेला पुनःभौतिकीकरण गर्न सकिन्छ । डिम्याट गर्दा कुनै शुल्क लाग्दैन भने पुनःभौतिकीकरण गर्दा डीपीलाई शुल्क बुझाउनुपर्छ ।

डिम्याट खाता खोल्नुका उद्देश्य :


  • भौतिक धितोपत्रहरुलाई विद्युतीय पद्धतिमा परिवर्तन गर्न
  • नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा भएका धितोपत्रहरुको खरीद÷विक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त गर्न
  • प्राथमिक शेयर निष्काशन (आईपीओ) बाट प्राप्त धितोपत्रहरु व संस्थागत गतिविधि जस्तैः हकप्रद निष्काशन, बोनस निष्काशन, मर्जर इत्यादिलाई अभौतिक रुपमा जम्मा गर्न 
  • डिम्याट खातामा ग्रहण गरेका अभौतिक धितोपत्रहरुको खाताको फाँटवारी प्राप्त गर्न
  • डिम्याट खातामा भएका धितोपत्रहरुको धितो बन्धकी राख्न
  • डिम्याट खातामा भएका धितोपत्रहरुको पुनःभौतिकीकरण गर्न 

स्रोत : सीडीएससी
युवामञ्च मासिकको जेठ अंकमा प्रकाशित । 




युवामञ्चको इपेपरमा यो स्टोरी पढ्न यहाँ क्लिक गर्नुस् ।

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...