‘पवित्र मन्दिरको ढुंगा चोर्ने यस्ता पापीलाई त ज्यूँदो छोड्नु हुँदैन । यो त डम्बरध्वज जस्ता समाजसेवी धर्मात्माको पनि अपमान हो,’ एउटा युवकलाई मुक्का बर्साइरहेको गाउँलेले भन्यो ।
‘हो त मन्त्रीज्यूले यो गाउँका लागि भनेर कत्ति काम गर्नु भएको छ, १५ लाख रुपैयाँ खर्चेर मन्दिर बनाउनु भएको छ, यो कुजातले ढुँगा चोर्ने । हान सालेलाई,’ अर्को अधबैंसे करायो ।
पन्ध्र बीस जना गाउँलेले घेरिएको रत्नेको नाकबाट खुन बगिरहेको थियो । उ त्यसरी भकुराइमा पर्नुको कारण थियो एउटा ढुँगाको छपनी ।
उसको विपन्न बस्तीमा बल्ल बल्ल एउटा एनजीओले धारा निर्माण गरिदिएको थियो । तर, पारि गाउँको ठेकेदारले बजेटमा भ्रष्टाचार गरी धारा बनाउने पैसा खर्लप्पै खायो । उसले प्लाष्टिक पाइप बस्तीको बीचसम्म ल्याएर छाडिदियो । पानी त आयो तर वस्तीबासीले न त राम्रोसँग पानी भर्न पाए न त लुगा धुन र नुहाउन । हरेक कामका लागि पाइप समात्न एक जना मानिस चाहिन्थ्यो ।
लुगा धुन त झनै सास्ती भो । गरीब बस्तीमा लुगा धुनका लागि प्लाष्टिकको एउटा बाटा पनि थिएन । धारो पक्की भएको भए त त्यसैमा लुगा धुन सजिलो हुन्थ्यो तर त्यसको पैसा त ठेकेदारले झ्वाम पारिदियो । गाउँलेहरु सधैं आफ्नो अप्ठ्यारोको चर्चा गरिरहन्थे । सिमेण्ट किन्ने र ढलाइ गर्न सक्ने क्षमता गाउँको थिएन ।
तर, केही दिन पछि धारामा ढुँगाको गज्जबको छपनी देखियो । रत्नेले ढुंगाको ठूलो छपनी ल्याएर धारोमा लुगा धुन मिल्ने बनाइदिएछ ।
‘आमा दिदीबैनीको कष्ट कति हेर्नु ? अब त सजिलो भो नि,’ उसले भनेको थियो ।
बस्तीबाट करीब २ सय मिटरको दूरीमा एउटा हनुमान मन्दिर थियो । त्यो मन्दिर समाजसेवी तथा पूर्व सहायक मन्त्री डम्बरध्वजले बनाएका थिए । गाउँका लागि मन्दिर गर्वको वस्तु थियो । एक दिन मन्दिरको मूलद्वारमा राखेको ढुंगाको ठूलो छपनी हरायो । गाउँलेहरु रिसाउँदै ढुंगा खोज्न थाले । यत्तिकैमा कसैले सूचना ल्यायो, ठ्याक्कै त्यस्तै ढुंगा विपन्न वस्तीको धारामा देखिएको छ । गाउँलेहरु हूल बाँधेर त्यहाँ पुगे । ढुंगा त्यही थियो । अनि उनीहरुले रत्नेलाई भकुर्न थालेका थिए । वस्तीका गरीब गाउँलेहरु नीरिह पाराले रत्ने कुटिएको हेरिरहनु बाहेक केही गर्न सकेनन् ।
रत्नेले त ज्यानको आशै मार्न लागेको थियो । यत्तिकैमा एउटा युवक परबाट दौडिंदै आयो र करायो – डम्बरध्वजलाई पुलिसले पक्राउ ग¥यो । गाउँको मन्दिर त सरकारी बजेटबाट बनेको रैछ । उनले त्यसको बजेटमै आधा रकम भ्रष्टाचार गरे अरे ।
रत्नेलाई कुटिरहेका गाउँलेहरु जडवत भए ।
उता रत्नेका खुन बगिरहेका ओंठमा मलिन मुस्कान देखियो ।

मधुपर्क मासिकको २०७५ असोज अंक ५, पूर्णांक ५१ मा प्रकाशित ।
No comments:
Post a Comment