Tuesday, September 8, 2020

भाइरस कि भोक ?

 महोदय,

यो निमुखाले मुख लायो नभन्नू
जिन्दगीको जवाफ मात्र खोज्या हुँ।

सबै भन्छन्, 

‘मास्क लगाऊ।’

तर के मास्कले 
भोक पनि छेक्छ ?
छेक्छ भने मलाई हरेक दिन
कम्तिमा पाँचवटा मास्क देऊ।

हैन भने
भाइरस लागेर मर्नु
र, भोकै मर्नु 
आखिर उस्तै भएन र ?

कठै, विचरा !
‘खानै पाएन, भोकै मर्‍यो’
भन्ने किन पार्नु ?
भाइरस लागेरै मर्न देऊ,
दुनियाँले भन्लान्-
‘मान्छे त राम्रै थियो,
महामारीले लगेछ।’

Published in Annapurna Post daily on 20 Bhadra 2077. 

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...