एशिया तथा प्रशान्त क्षेत्र विश्वको सबैभन्दा युवा क्षेत्र हो । संसारका युवाको करीब ४५ प्रतिशत युवा यहीँ बस्छन्, त्यो भनेको झण्डै ७० करोड हो । त्यसमा पनि दक्षिण एशियामा सबैभन्दा बढी युवा भएको क्षेत्र हो । यहाँ जनसंख्याको २० प्रतिशत युवा छन् जुन विश्वको २६ प्रतिशत हुन आउँछ ।
दक्षिण पूर्वी एशियामा युवाले जनसंख्याको १८ प्रतिशत र पूर्वी एशियामा १७ प्रतिशत हिस्सा ओगट्छ । जबकि अमेरिका, क्यानडा, युरोपेली मुलुकहरु र जापानलगायत विकसित मुलुकमा युवाको संख्या ज्यादै कम छ भने क्यानडा र रुस जस्ता देशमा जनसंख्या वृद्धिदर नकारात्मक हुन थालेको छ ।
तर, युवा क्षेत्र हुँदाहुँदै पनि आर्थिक तथा सामाजिक विकासमा पछि परेका कारण दक्षिण तथा दक्षिणपूर्वी एशियाका कतिपय मुलुकमा युवाहरु बेरोजगारी, गुणस्तरीय शिक्षाको कमी, स्वास्थ्य लगायत समस्यासँग जुधिरहेका छन् ।
एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएन एस्क्याप) ले केही वर्षअघि गरेको एक अध्ययनले दक्षिण एशियाका १३ प्रतिशत युवा मात्र उच्च शिक्षा अध्ययनमा संलग्न भएको देखाएको थियो । गरीबीका कारण पनि यहाँका युवा अझ खासगरी युवतीहरुका लागि उच्च शिक्षा त्यत्ति सजिलो विषय बनेको छैन ।
त्यसका साथै कतिपय धार्मिक तथा पुरातनपन्थी सोच, सञ्चार तथा अन्य आधुनिक प्रविधिमा कमजोर पहुँच, बलियो नेटवर्किङ संयन्त्रको अभाव जस्ता चुनौति पनि यस भेगका युवाले भोगिरहेका छन् । तर, युवाहरुकै अनुसार सबैभन्दा खट्किएको कुरो चाहीँ युवाको नीतिनिर्माणमा कमजोर पहुँच हो । नीतिनिर्माणमा युवाको पहुँच बढाउने हो भने युवालक्षित विकासका कार्यक्रमहरु बनाउन तथा सहभागिता मूलक आर्थिक र सामाजिक उन्नति हासिल गर्न सहयोग पुग्ने थियो ।
अहिले नेपाल युवा जनसंख्याको लाभ लिने तयारी अवस्थामा छ । आगामी तीन दशकभित्र त्यो युवा जनसंख्याको परिचालन गर्न नसकेर त्यो ऊर्जा खेर गयो भने मुलुुकले फेरी कहिल्यै यो अपूर्व मौका पाउने छैन । त्यो सधैंका लागि गुम्ने छ । यस्तै अवस्था नेपालका छिमेकी मुलुकहरुको छ ।
त्यसैले यस क्षेत्रका युवाहरुलाई अझ सबल र योग्य बनाउनका लागि क्षेत्रीय मञ्चहरु मार्फत काम भइरहेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको पहल (बिमस्टेक)का साथै सार्क चेम्बर अफ कमर्स तथा युवा उद्यमीहरुको क्षेत्रीय संगठन तथा नेटवर्कमार्फत आदानप्रदान तथा युवा सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
त्यस्ता क्षेत्रीय नेटवर्कमा सहभागी युवाहरुले विदेशमा नेपालका सदभावना दूतका रुपमा काम गरिरहेका छन् । उनीहरुका कारण नेपाल घुम्न आउने पर्यटक तथा नेपालमा लगानी गर्न चाहने विदेशी युवा लगानीकर्ताको संख्या समेत बढ्दै गएको छ । त्यसैले पनि यस्ता गतिविधिलाई अझ विस्तार र विकास गर्नु आवश्यक छ ।
बिमस्टेक प्रयास
सार्क मुलुकहरुबीच आमजनताबीच सम्बन्ध विस्तार गर्नका लागि युवालक्षित कार्यक्रमहरु – छात्रवृत्ति, तालीम, अवलोकन तथा एक्सचेञ्ज – आदि चलाइएका छन् । त्यसै गरी करीब २१ वर्ष अघ स्थापना भएको बिमस्टेकले पनि युवालाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भदौमा काठमाडौंमा आयोजित बिमस्टेकको चौथो सम्मेलनले विश्वविद्यालय तथा प्राज्ञिक क्षेत्र, अनुसन्धान तथा साँस्कृति संस्था, मिडिया तथा संसदहरुका लागि क्षेत्रीय मञ्च स्थापना गर्ने निर्णय गरेको छ । त्यस्ता फोरमहरुमा सहभागी हुने युवाहरुले नयाँ कुरा सिक्ने, सीप तथा ज्ञानको आदानप्रदान गर्ने अवसर पाउने छन जसबाट मुलुकलाई नै लाभ पुग्ने छ ।
विमस्टेकका सात सदस्य मुलुकका नेताहरुले यस क्षेत्रका जनताहरुमा साँस्कृतिक आदानप्रदानमा पनि जोड दिएका छन् । गीतसंगीत, सिनेमा, थिएटर, पेण्टिङ तथा कलासँस्कृतिका अन्य विविध क्षेत्रमा हुने सहकार्यले समग्र क्षेत्रलाई नै गतिशिल त बनाउने छ नै, यहाँका युवावीच अपनत्वको विकास पनि गर्नेछ । यसले यहाँ दीर्घकालीनरुपमा शान्ति स्थापना गर्न समेत सघाउने छ ।
यसअघि सन् २०१५ मा बिमस्टेक थिंक ट्यांक सदस्यहरुको थाइल्याण्डमा भएको बैठकले यस क्षेत्रमा युवाहरुको आदानप्रदान कार्यक्रम लागु गर्ने बारेमा छलफल र निर्णय गरेको थियो ।
क्षेत्रीय सहकार्य
दक्षिण एशियली तथा विमस्टेक क्षेत्रमा युवा विकासका लागि सबैभन्दा ठूलो चुुनौति भरपर्दो तथ्यांकको अभाव हो । यहाँका धेरैजसो मुलुकमा युवासँग सम्बन्धित विस्तृत तथ्यांक छैन । तथ्यांकको अभावमा प्रभावकारी विकासका योजना तथा कार्यक्रमहरु बनाउन र लागु गर्न कठीन हुन्छ ।
यदि कुनै तरहले त्यस्ता कार्यक्रम निर्माण र कार्यान्वयन भइहालेमा पनि त्यसले दिने प्रतिफल न्यून र कमजोर हुन्छ । त्यसैले यस क्षेत्रका सरकारहरुले गर्नु पर्ने पहिलो काम भनेको युवासम्बन्धी डाटाबेस निर्माण हो ।
युवा सशक्तिकरणमा अर्को अड्चन अपर्याप्त राजनीतिक इच्छाशक्तिको कमी हो । दक्षिण एशियाली मुलुकहरु राजनीतिकरुपले संसारकै सचेत देशमध्येमा पर्छन् । यहाँ राजनीतिमा युवा सहभागिता पनि राम्रो छ । तर, राजनीतिक दल तथा सरकारहरु युवालाई ज्ञान सीप र क्षमताले सुसज्जित गर्ने भन्दा उनीहरुबाट आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने प्रयास गरिरहेका छन् । आन्दोलन तथा चुनावी अभियानमा युवाको व्यापक परिचालन गर्ने अनि त्यसपछि उनीहरुलाई चटक्कै विर्सने प्रवृत्ति यस क्षेत्रका राजनीतिक दल तथा नेतृत्वमा देखिन्छ ।
युवा विकासका लागि सरकोकारवालाहरुवीच पनि पर्याप्त बहस र सहकार्य भएको देखिंदैन । उनीहरुका लागि काम गर्ने सरकार, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज र प्राज्ञिक क्षेत्रबीच हालसम्म पनि युवा विकासका लागि सहकार्य भएको छैन । कहिलेकाहीं एकाध कार्यक्रम तथा सम्मेलनमा यी सरोकारवालाहरु सँगै देखिए पनि त्यसले निरन्तरता भने पाउन सकेको छैन । उनीहरुबीच युवा विकासका लागि एकीकृत प्रयास पनि हालसम्म भएको देखिएको छैन ।
यस दिशामा सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण र प्रभावकारी हुनसक्छ । विकासशील समाजमा हरेक नागरिकले आफ्ना कतिपय व्यक्तिगत तथा सामुहिक हीतका लागि सरकारको मुख ताक्छन् । त्यसैले यस क्षेत्रीय युवा सहकार्यका लागि बिमस्टेक तथा सार्क राष्ट्रका सरकारहरुबीच समन्वय जरुरी छ ।
यस क्षेत्रमा लगभग सबैजसो मुलुकले युवासम्बन्धी नीति तथा कार्यक्रम ल्याएका छन् । क्षेत्रीय समन्वयबाट एउटा देशमा भएका असल अभ्यास अरुले पनि अपनाउन सक्छन् भने कतै कमजोरी भएमा सच्याउन सक्छन् ।
दक्षिण एशियामा भुटानले युवालाई खेलकुद तथा सँस्कृतिदेखि कृषि तथा प्रविधिसम्मका विषयमा नीति निर्माण र कार्यान्वयनमा सहभागी गराइरहेको छ । त्यहाँ जोखिममा रहेका युवाका मुद्दा सम्बोधनका लागि पनि नीनि बनाइएको छ । त्यस्तै भारतमा सन् २००३ देखि राष्ट्रिय युवा नीति लागु गरिएको छ । सो नीतिले तालीम र शिक्षामार्फत युवा सशक्तिकरणमा जोड दिएको छ ।
अरु उदाहरणीय प्रयासमा सन् १९४८ मा स्थापित मलेशियाको युवा परिषद र सन् २००३ मा स्थापना गरिएको इन्डोनेशियाको युवा रोजगार नेटवर्क पर्दछन् । इन्डोनेशियाको रोजगार नेटवर्कले शिक्षा र कामबीचको संक्रमणकालमा युवालाई परामर्श दिने तथा उपयुक्त रोजगारका लागि मार्गदर्शन गर्ने गर्दछ ।
शिक्षा र रोजगारी
युवाहरुलाई शिक्षा र रोजगारीका लागि यस क्षेत्रका कुनै पनि मुलुकमा सहजरुपमा आवतजावत गर्न सक्ने वातावरण निर्माण गर्नु क्षेत्रीय युवा सहकार्यका लागि सबैभन्दा प्रभावकारी माध्यम हुनसक्छ । यसले कुनै मुलुकका युवालाई आफ्ना छिमेकी देशको सँस्कृति, सभ्यता र रहनसहन बारेमा जान्ने मौका मिल्छ ।
यसै पनि हालै मात्र व्यापार व्यवसायदेखि शिक्षा, स्वास्थ्य र प्रविधिमा फड्को मार्ने जमर्को गरिरहेका यस क्षेत्रका मुलुकका युवाको सपना पनि उच्च छ । उनीहरुलाई एकै ठाउँमा ल्याउन सकेमा त्यसले अझ प्रभावकारी नतिजा दिन सक्छ ।
क्षेत्रीय संयन्त्र स्थापना युवा सहकार्यका लागि दीर्घकालीन प्रयास हुन सक्छ । त्यसमा पनि विद्यार्थी, युवा राजनीतिज्ञ, व्यवसायी, महिला आदिका लागि बेग्लाबेग्लै फोरमहरु स्थापना गर्न सकिन्छ । त्यसरी स्थापना गरिएका संस्थालाई बिमस्टेक वा सार्क वा सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीलगायत संस्थाले संरक्षण दिन सक्छन् । सार्वजनिक निजी साझेदारीमा यस्ता कार्यक्रमहरु हुन सकेमा अझ बेस हुनेछ ।
तर, यस्ता प्रयासका लागि यहाँका सरकारहरुबीच समन्वय पहिलो शर्त हो । सरकारहरुबीच कुटनीतिक प्रयास भई भिसालगायत विषय सहज भएमा मात्रै नागरिक तहको आवागमन र सहकार्यले गति लिनसक्छ । अन्यथा यस्ता विषयहरु आगामी कैयौं वर्षसम्म पनि बुद्धिविलासको विषय मात्र बनिरहनेछन् ।
युवामञ्च मासिकको २०७५ असोज अंकमा प्रकाशित

No comments:
Post a Comment