चाडको अर्थशास्त्र
नेपाली अर्थतन्त्रलाई चाडबाडले गति दिन्छन् । दशैंले नेपाली अर्थतन्त्रमै आशाको सञ्चार गर्छ । तीजले गहना र महिलाका कपडा तथा अन्य उपभोग्य वस्तुको बजारलाई चलायमान बनाउँछ भने तिहारले खाद्यान्न तथा उपहारका सामग्रीको बिक्री बढाउँछ । छठ, ल्होसार, इद, क्रिसमसदेखि होली र अक्षय तृतियाजस्ता चाडले समेत नेपाली बजारमा वस्तु तथा सेवाको माग ह्वात्तै बढाउँछन् । मुलुकका मुख्य बजारहरु मात्र होइन, छिमेकी भारतका सीमावर्तीबजारहरु समेत नेपाली चाडका बेला गुल्जार हुन्छन् ।
चाडले धार्मिक तथा साँस्कृति उत्पादनहरुको बजार उल्लेख्य रुपमा बढाउँछन् । तिहारमा दियो, मैनवत्ती तथा बिजुलीका चीमहरु, दाजुभाईलाई दिने मिठाईं तथा मसलाका सामग्रीको माग बढ्छ । काठमाडौंमा मनाइने इन्द्रजात्रा, गाइजात्रादेखि जाती विशेषले मनाउने ल्होसार, जितिया र क्षेत्रविशेषको गौराका लागि विशेष प्रकारका साँस्कृतिक सामग्री, पहिरन, खानाको आवश्यकता पर्छ । पछिल्ला वर्षहरुमा त्यस्ता वस्तुको आपूर्ति बजारले नै गरिरहेको छ ।
लाखे नाचका लागि चाहिने कपडा, मुखुन्डो, गाइजात्रामा चाहिने विशेष प्रकारको छाता, नेवारी भोजका लागि आवश्यक पर्ने दुना टपरीजस्ता सबै वस्तु बजारमा उपलब्ध छन् । पहिलेपहिले नागपञ्चमीमा नागको चित्र हातैले लेखर टाँसिन्थ्यो तर अहिले विभिन्न शैली र आकारका नागका फोटो बजारमै किन्न पाइन्छ । यस्ता साँस्कृतिक गतिविधि तथा चाडहरुले सिर्जनशील उद्योगलाई ठूलो सहयोग पुग्ने र स्थानीय तथा राष्ट्रियस्तरमा आर्थिक गतिविधि बढाउने संरक्षणविद अनिल चित्रकार बताउनु हुन्छ ।
दशैं हरेक हिसाबले नेपालको सबैभन्दा ठूलो चाड हो । कर्मचारीले सबैभन्दा लामो विदा, धेरै तलब र सुविधा यही अवसरमा पाउँछन् । घर बाहिर स्वदेश तथा विदेशमा रहेका नेपालीहरु सकेसम्म दशैंकै अवसर पारेर घर फर्किन्छन् र संभव भएसम्म आफ्ना हरेक आफन्त तथा साथीभाइलाई भेट्ने प्रयास गर्छन् ।
तर, बडा दशैं अब साँस्कृति तथा धार्मिक चाड मात्र रहेन । मुलुकको आर्थिक विकासले गति लिन थालेसँगै यो महापर्व बजारको पोल्टामा पुगिसकेको छ । नयाँ पुस्ताका लागि दशैं सपिङ, घुमफिर र मनोरञ्जनको पर्यायवाची जस्तै बनिसकेको छ । र, ती सबै गतिविधिलाई बजारले नियन्त्रण गर्छ । माग र आपूर्तिले निर्देशित गर्छ ।
बजारमा धेरै माग हुने खसी, फलफुल तथा तरकारी बेचेर किसानले आफ्नो दशैं खर्च जुटाउँछन् अनि त्यही पैसाले आफ्ना लागि आवश्यक लत्ताकपडा, विद्युतीय सामान, मिठाइँ आदि किन्छन् । यसरी माग र आपूर्तिको यो चक्रले बजारलाई जीवन्त बनाउन मद्दत गर्छ । उत्पादकहरुले धेरै उत्पादन गर्छन, आयातकर्ताले धेरै आयात गर्छन, व्यापारीहरुले धेरै ब्यापार गर्छन र उपभोक्ताले धेरै किनमेल गर्छन । उपभोक्ताको बढेको कमाइका कारणले मात्र यो संभव भएको हो । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको ८५ प्रतिशत उपभोगमै सकिन्छ । २०७२ मा जीडीपीमा उपभोग खर्चको हिस्सा ९५ प्रतिशतभन्दा बढी थियो ।
बढेको कमाइ
दशैंमा सरकारी तथा निजीक्षेत्रका कर्मचारी सबैको आम्दानी बढ्छ । दशैंभत्तास्वरुप एक महिनाको तलब र अन्य सुविधासमेत गरी उनीहरुले अन्य समयको तुलनामा दोब्बरभन्दा बढी तलब बुझ्छन् । पुस्तक प्रकाशक जस्ता कतिपय निजी कम्पनीले पारिश्रमिक दशैंको अवसरमै दिने प्रचलन छ ।
व्यवसायी, कर्मचारी तथा कामदारको आम्दानी उल्लेख्य रुपमा बढ्नु र वस्तुहरुको मूल्यमा ठूलो छुटको घोषणा हुनुले बजारमा वर्षभरी अन्य अवसरमा नदेखिएको माहौल र रोमाञ्चकता सिर्जना गर्छ । मानिसको मनोविज्ञानमा गरिएका कतिपय अध्ययनले उनीहरु आफूले गरेको अतिरिक्त आम्दानी खर्च गर्दा अलि बढी नै उदार हुने देखाएका छन् । त्यसैले पनि दशैं माग र आपूर्तिको चाड हो ।
विदेशमा रहेका नेपालीहरुले पनि चाडबाडका बेलामा घरमा धेरै पैसा पठाउँछन् । दशैंमा आफ्नो परिवारले राम्रो लाओस अनि मीठो खाओस भनेर पनि उनीहरुले बढी पैसा पठाउने गर्छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार दशैैंमा रेमिट्यान्स आप्रवाहमा २० प्रतिशत सम्मको बृद्धि हुने देखिन्छ । “विदेशमा रहेका नेपालीले धेरै पैसा पठाउने दुई अवस्थामा हो, डलरको भाउ बढ्दा र चाडका बेला । त्यसैले दशैंमा विदेशबाट नेपाल आउने रेमिट्यान्समा उल्लेख्य मात्रामा वृद्धि हुने गरेको छ,” उहाँ भन्नुहुन्छ ।
पौडेलको भनाइलाई आधार मान्ने हो भने यसपालि ठूलो चाडका बेलामा डलर, युरो लगायत विदेशी पैसाको भाउ समेत बढेकाले रेमिट्यान्स अझ धेरै बढ्ने देखिन्छ । नेपाल भित्रिने रेमिट्यान्सको करीब ८० प्रतिशत दैनिक उपभोग्य वस्तुमै खर्च हुने केन्द्रीय तथ्यांक विभागको जीवनस्तर सर्वेक्षणले देखाएको छ । त्यसपछि बचेको रकमको ठूलो हिस्सा ऋण तिर्नमा प्रयोग हुन्छ ।
अर्थशास्त्री जोन मेनर्ड किन्सले उपभोक्ताको मनोविज्ञानका बारेमा सिद्धान्त दिएका छन् जस अनुसार मानिसको आम्दानी बढ्दा र घट्दा उसको उपभोग पनि घट्बढ हुन्छ तर आम्दानी र उपभोगको वृद्धि वा कमीको दर भने बराबर हुँदैन । आम्दानीले खर्च निर्धारण गरे पनि मानिसले जहिले पनि पोहोर भन्दा अहिले बढी खर्च गर्छ भन्नुहुन्छ अर्थशास्त्री नवीन अधिकारी ।
नेपालीको खर्च
तथ्यांक विभागलको घरपरिवार सर्वेक्षण २०७२÷७३ का अनुसार गरेको नेपाली परिवारको औसत वार्षिक उपभोग रु. ३ लाख २२ हजार ७ सय ३० छ । त्यसको करीब ५४ प्रतिशत खाद्यान्नमा जान्छ । त्यसपछिको ठूलो हिस्सा करीब १३ प्रतिशत भाडाको छ भने ५ प्रतिशत ड्युरेबल्स (धेरै वर्षसम्म उपयोग गर्न सकिने फ्रिज, टिभीजस्ता सामान), ४ प्रतिशत शिक्षा, करीब ४ प्रतिशत मदिरा तथा सूर्तीजन्य पदार्थ, २ प्रतिशत बिजुली, पानीजस्ता पदार्थ र बाँकी १८ प्रतिशत साँस्कृतिक गतिविधि, स्वास्थ्य, बीमा, लुगा आदिमा खर्च हुने गरेको छ ।
त्यसो त धनी २० प्रतिशत परिवारको औसत वार्षिक उपभोग खर्च रु. ६ लाख १३ हजार छ भने गरीब २० प्रतिशतको रु. १ लाख ४६ हजार मात्रै छ । व्यक्तिगतरुपमा हेर्दा एक नेपालीले एक वर्षमा औसत रु. ७० हजार ६ सय ८० बराबरको बस्तु वा सेवा उपभोग गर्छ । त्यसमा पनि गाउँमा बस्नेले रु. ५२ हजार उपभोग गर्छन भने शहरीको रु. १ लाख १ हजार छ ।
सपिङ
धेरैका लागि दशैं सपिङको अवसर हो । लत्ताकपडादेखि गरगहना र कन्ज्युमर ड्युरेबल्स किन्नका लागि उपभोक्ताबीच तछाडमछाड हुने गरेको छ । टिभि र फ्रिज संभवत दशैंमा सबैभन्दा बढी किनिने वस्तु हुन् । कुलश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसकी शिक्षिका योगा गिरीले पनि दशैंमा सपिङको योजना बनाउनु भएको छ । “आफूलाई र घरमा चाहिने सामान दशैंको बेलामा किन्ने सोच छ । साथै छोरीका लागि पनि सपिङ गरिदिनु छ,” गिरी भन्नुहुन्छ । दशैंका बेलामा पाइने लामो विदाले पनि धेरैलाई आरामसँग किनमेल गर्ने फुर्सद हुन्छ । त्यसले पनि मानिसहरुको खर्च बढाउनमा भूमिका खेलेको छ ।
बजारमा गतिविधि बढ्नु र आमजनताले धेरै किनमेल गर्नु भनेको अर्थतन्त्र स्वस्थ रहनुको संकेत हो । युरोप अमेरिकामा पनि सपिङलाई अर्थतन्त्रको स्वास्थ्यसँग जोडेर हेरिन्छ । तर, हाम्रोजस्तो आयातले थिचेको अर्थतन्त्रमा यस्तो सपिङले त्यस्तो ठूलो देन दिंदैन किनकि सपिङका लागि वस्तुको जोहो गर्न ठूलो मात्रामा डलर र भारतीय रुपैयाँ खर्चिनु पर्छ । अर्थशास्त्री नवीन अधिकारीका अनुसार नेपालको आफ्ना उत्पादन ज्यादै थोरै छन् भने अन्न भित्र्याउने मुख्य सिजन पनि चाड सकिएपछि मात्र आउँछ जसले गर्दा खाद्यान्नदेखि अन्य अधिकांश सामान आयात गर्नु पर्छ । त्यसले मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष नकारात्मक असर पार्छ ।
“उपभोग बढ्नु, बजारमा वस्तु तथा सेवाको आपूर्ति बढ्नु, पैसाको प्रवाह बढ्नु दशैंका सकारात्मक पक्ष हुन् । तर बजारमा नेपालका स्वदेशी वस्तुको आपूर्ति ज्यादै कम हुने हुँदा त्यसको बहुआयामिक प्रभाव कमै देखिन्छ,” अधिकारी भन्नुहुन्छ । यदि बजारमा स्वदेशी वस्तुको आपूर्ति बढ्ने हो भने त्यसले कच्चा पदार्थ आपूर्तिकर्ता, उत्पादक, वितरक, विक्रेता र उपभोक्ता सबैलाई फाइदा पुग्ने थियो ।
सामाजिक अर्थशास्त्र
दशैंको सामाजिक आर्थिक पाटो पनि उत्तिकै महत्वपूर्ण छ । आफूभन्दा मान्यजनका हातबाट टीका थाप्न जाँदा कोसेली लैजाने नेपालीहरुको पुरानो चलन हो । पहिलेपहिले त्यस्ता कोसेलीमा घरमै तयार गरिएका खानेकुरा तथा मिठाइँ हुन्थे । लाहुरेहरुले विदेशबाट ल्याएका सरसामान दिन्थे । तर, पछिल्ला वर्षहरुमा कोशेलीमा खानेकुरा बाहेकका उपहार समेत लैजाने चलन शुरु भएको छ भने मिठाईं पनि बजारबाटै किनेर लैजानेको संख्या बढ्दो छ । अहिलेको कोसेलीमा फलफुल, चकलेट तथा अन्य सामानले प्राथमिकता पाउन थालेका छन् ।
दक्षिणा दशैंको अर्को महत्वपूर्ण तत्व हो । दशैंमा नयाँ नोट नै दक्षिणामा दिने मानसिकताले बैंक तथा वित्तीय संस्थामा पैसा साट्नेको भीड लाग्छ । नेपाल राष्ट्र बैंकका अनुसार दशैंको अवसरमा मात्रै नोट आपूर्ति १० प्रतिशतले बढ्छ । दशैंको सामाजिक मूल्य नयाँ कपडामा पनि देखिन्छ । हिजोआज धेरैले आफूलाई चाहिँदा वा नचाहिँदा वर्षैभर कपडा किनिरहेका हुन्छन् तैपनि धेरै मानिसहरु दशैंमा एक जोर भए पनि नयाँ कपडा हाल्छन् । आफूलाई कुनै कपडा नकिने पनि आफ्ना छोराछोरीलाई जसरी पनि कपडा किनिदिने प्रचलन छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका सदस्य तथा खिचापोखरी ब्यापार संघका पूर्व अध्यक्ष राजेन्द्र शेरचन भन्नुहुन्छ, दशैंमा सबैभन्दा धेरै बिक्री हुने भनेकै बच्चाको लुगा हो ।
छुटैछुट
दशैं कमाउनेका लागि मात्र होइन, व्यापारी तथा व्यवसायीका लागि पनि सबैभन्दा ठूलो अवसर हो । जसरी आममानिसले धेरै कुराको जोहो दशैंको अवसरमा गर्ने सोच राखेको हुन्छ, त्यसरी नै व्यापारी तथा वस्तु वा सेवाका उत्पादकहरुले पनि यही बेलामा ठूलो मात्रामा कारोबार गर्ने लक्ष्य लिएका हुन्छन् । त्यसैले तीज सकिनासाथ बजारमा छुट दिने होडबाजी शुरु हुुन्छ । यो वर्ष पनि त्यो होडबाजी आक्रामकरुपमा चलेको छ । त्यसरी छुटका आक्रामक योजना ल्याउने मा टीभी, फ्रिजजस्ता कन्ज्युमर ड्युरेबल्स र सवारी साधनहरु सबैभन्दा अगाडि छन् ।
सामसुङले आफ्ना टीभी, वासिङ मेशिन, रेफ्रिजरेटर, ओभनलगायत उत्पादनमा ३५ प्रतिशतसम्म छुट घोषणा गरेको छ भने लक्की ड्र समेत गरेर विशेष उपहार योजना ल्याएको छ । सामसुङका फोन र ट्याब्लेटमा पनि छुट पाइन्छ । कोन्काले टीभी, वासिङ मेशिन, रेफ्रिजरेटर, ओभनलगायत उत्पादनमा ३५ प्रतिशतसम्म छुट र उपहार योजना ल्याएको छ भने कलर्सका उत्पादन ओभन, भ्यकुम क्लिनर, टीभी, हिटर, फ्यान, रेफ्रिजरेटर, वासिङ मेशिनमा छुट तथा बम्पर उपहार छन् ।
नेपाली ब्राण्ड सिजीका उत्पादनमा ३५ प्रतिशतसम्म छुट पाइन्छ भने साउण्ड सिष्टम, स्मार्ट वाच आदि उपहार पनि हात पर्छ । त्यसैगरी वेगा टिभी, सेन्सेइका टिभी तथा फ्रिजर र एलजीका विद्युतीय उत्पादनमा छुट तथा उपहारको व्यवस्था गरिएको छ । ब्यापारीहरुका अनुसार फुटबलको विश्वकप बाहेक टेलिभिजनको बढी बिक्री हुने समय दशैं नै हो । दशैं तिहारजस्ता चाडको अवधि करीब एक महिना मात्र भए पनि कन्ज्युमर ड्युरेबल्स, मोटरसाइकल र गाडिको बिक्री अंग्रेजी नयाँ वर्षसम्मै लम्बिन्छ ।
दशैं तिहारको समय मोटरसाइकल र कारका लागि हट सिजन हो । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अनुसार दशैंतिहारको करीब दुई महिनाको अवधिमा वर्षका अन्य १० महिनामा जत्ति नै सवारीको बिक्री हुने गरेको छ । पछिल्ला केही वर्ष यी दुई ठूला चाडका बेला करीब १ लाखको संख्यामा त मोटरसाइकल मात्रै बिक्छन् । अहिले बजाज, हिरो, यामाहाजस्ता चलेका मोटरसाइकल कम्पनीले नगद छुट, स्क्र्याच कार्डमार्फत रु. १ लाखसम्म छुट अनि लक्की ड्रबाट बम्बर उपहार तथा सरप्राइज गिफ्टको योजना ल्याएका छन् । यस्तो छुट हरेक वर्ष दोहोरिन्छ ।
त्यसैगरी रेनो, फोर्ड, टाटा, मित्सुविसीलगायत कारले पनि फेस्टिफ अफर घोषणा गरेका छन् । उनीहरुले आईफोन उपहार, नगद छुट तथा बीमा सुविधा ल्याएको बताएका छन् । त्यसो त नेपाली बजारमा उपस्थित सबै सवारी साधनले दशैंतिहारमा विशेष योजना ल्याउने चलन जस्तै बनिसकेको छ ।
कार मात्र होइन ट्रक र ट्रयाक्टरमा पनि उपहार योजना आइसकेको छ । आयसरका मिनिट्रक तथा टिपरको खरीदमा दुबई भ्रमण, मलेसिया, सिंगापुर तथा बाली भ्रमण प्याकेज र आईफोन, स्मार्ट टिभी र फ्रिज उपहार पाइन्छ भने महिन्द्रा ट्रयाक्टरमा मोटरसाइकल बम्पर उपहार तथा हरेक खरीदमा ४३ इञ्च एलईडी टिभी वा नगद रु. १ लाख ५० हजार घोषणा गरिएको छ ।
छुटको यो लहरबाट हाउजिङ कम्पनी समेत अछुतो रहेनन् । दशैंको अवसरमा डाउनटाउन अपार्टमेण्टले फुल्ली फर्निस्ड अपार्टमेण्ट अफर गरेको छ भने सिभिल होम्स र सनसिटीले छुट योजना ल्याएका छन् । त्यस्तै सिमेण्टलगायत निर्माण सामग्री, पेण्ट्स कम्पनीहरुले पनि छुट तथा उपहार योजना सार्वजनिक गरिसकेका छन् ।
त्यसैगरी इण्टरनेट तथा केबल सेवा प्रदायकहरु पनि छुटको दौडमा सामेल भइसकेका छन् । मनी ट्रान्सफर कम्पनी आईएमईको दशैंमा २० लाख योजना ल्याएको छ भने मनिग्राम सिटी एक्सप्रेसलगायतले नगद उपहार तथा रिचार्जको सुविधा दिने भएका छन् । यो महाचाडमा रेष्टुराँले पनि मेन्यु मा छुट घोषणा गरिसकेका छन् ।
@ModDhakal
Published in Yubamanch Monthly in 2075 Kartik.

No comments:
Post a Comment