नगरपालिकामै ५० प्रतिशत गरीब
July 11, 2013 Published in Aarthik Abhiyan
असार २६, काठमाडौं । विसं २०५८ देखि २०६८ को दशकमा काठमाडौं महानगरपालिकाको गरीबी ५ गुणाले बढेको छ । केन्द्रीय तथ्याङ्क विभागले यसै महीना सार्वजनिक गरेको नेपालमा गरीबीको लघुक्षेत्र अनुमानअनुसार सो अवधिमा काठमाडौंको गरीबी २ दशमलव १ प्रतिशतबाट बढेर १० दशमलव ९ प्रतिशत पुगेको छ । काठमाडौं उपत्यकाका पाँचै नगरपालिकामा गरीबीमा उच्च वृद्धि भएको छ ।
राजधानी काठमाडौंसहित ललितपुर उपमहानगरपालिका तथा कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिका समृद्धस्तरबाट मध्यमस्तरमा झरेका छन् भने भक्तपुर २७ दशमलव २ प्रतिशतसहित न्यून समृद्धिको श्रेणी (४९ औं)मा खस्केको छ । १० वर्षअघि ६ दशमलव ७ प्रतिशत गरीबी रहेको भक्तपुर त्यसबेला नवौं समृद्ध शहर थियो । त्यसैगरी अमरगढी, दिपायल, कपिलवस्तु र गुलरियामा पनि गरीबीको दर बढेको छ ।
कुनै पनि नगरपालिकाले समृद्धिस्तर हासिल गर्न त्यहाँको गरीबी दर ८ प्रतिशतभन्दा कम हुनुपर्छ । यसअघि १२ दशमलव ९ प्रतिशतसम्म गरीबी भएका नगरपालिकालाई पनि समृद्ध मानिन्थ्यो । १ दशकको द्वन्द्व र मधेश आन्दोलनका कारणले ग्रामीण क्षेत्रबाट मानिस सुरक्षा र अवसरको खोजीमा शहर पस्ने क्रम बढेको विज्ञहरू बताउँछन् । ‘द्धन्द्धका बेला सुरक्षाका लागि शहर पसेको जनसङ्ख्याका लागि औपचारिक क्षेत्रमा रोजगारी सृजना हुन नसक्दा शहरको गरीबी बढेको हो, ’राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको भनाइ छ ।
पोखरा उपमहानगरपालिका नेपालका ५८ नगरपालिकामध्ये सबैभन्दा समृद्ध अर्थात् कम गरीबी रहेको शहर बनेको छ । त्यहाँ गरीबीको दर १ दशमलव ३ प्रतिशत मात्र रहेको छ । दोस्रोमा काभ्रेको बनेपा र तेस्रोमा चितवनको भरतपुर रहेको छ । बनेपामा १ दशमलव ३ प्रतिशत र भरतपुरमा २ दशमलव ३ प्रतिशत गरीबीको दर रहेको अध्ययनले देखाएको छ । १० वर्षअघि सबैभन्दा समृद्ध शहरहरूमा क्रमशः पोखरा, काठमाडौं र ललितपुर रहेका थिए ।

गरीबीको दरमा उच्च कमी आएको नगरमा खाँदबारी प्रमुख रहेको छ । १० वर्षअघिको तुलनामा त्यहाँको गरीबी ३६ दशमलव ८ प्रतिशतले घटेर ४ दशमलव ६ प्रतिशतमा झरेको छ । गरीबी घटेका अन्य नगरपालिकामा गौर, जलेश्वर, त्रियुगा र मलङ्गवा छन् ।
अध्ययनअनुसार ४९ दशमलव ६ प्रतिशत गरीबी रहेको गुलरिया नगरपालिका सबैभन्दा कम समृद्धिसहित सूचीको पुछारमा छ । १० वर्षअघि पनि गुलरिया ४५ दशमलव ६ प्रतिशत गरीबीसहित सूचीको अन्तिममै थियो । गरीबीको दर उच्च रहेका शहरहरूमा क्रमशः सिराहा, अमरगढी, दिपायल, सिलगढी र नारायण नगरपालिका रहेका छन् । ती सबैको गरीबीदर ३७ प्रतिशतभन्दा बढी छ । २०५८ सालमा गुलरियापछि बढी गरीबीदर रहेका शहरमा गौर, खाँदबारी, नारायण र सिराहा थिए । तथ्याङ्कअनुसार नेपालको शहरीक्षेत्रमा मात्रै ५ लाख ७५ हजारभन्दा बढी गरीब बस्छन् । पाँच वर्षअघि यो सङ्ख्या ४ लाख थियो । उपत्यकाका शहरमा मात्रै वर्षेनि १४ हजार गरीब थपिन्छन् । मुलुकभरको अवस्था हेर्दा गोर्खाको सामागाउँस्थित ल्होकोमा गरीबी सबैभन्दा उच्च रहेको छ । त्यहाँको गरीबीदर ७७ प्रतिशत रहेको छ । त्यसपछि गोरखाकै बिहीस्थित प्रोकमा ७४ दशमलव ५ प्रतिशत र मकवानपुरको राक्सिराङस्थित काँकडामा ७२ दशमलव ८ प्रतिशत गरीबी रहेको अध्ययनले देखाएको छ ।

No comments:
Post a Comment