नेपाली निजीक्षेत्र उत्साहित
July 7, 2013 Published in Aarthik Abhiyan
असार २२, काठमाडौं । भारतको केन्द्र सरकारले विद्युत् आयात खुला गरेको छ । मुलुकले उच्च ऊर्जासङ्कट भोगिरहेकाले विद्युत् आयात सहज बनाउने भन्दै शुक्रवार साँझ वाणिज्य तथा उद्योग मन्त्रालयले त्यसका लागि केन्द्र सरकारको अनुमति आवश्यक नपर्ने निर्णय गरेको हो । मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक विज्ञप्ति जारी गर्दै ‘विद्युत् आयातलाई नीतिमै ‘प्रतिबन्धित’बाट ‘खुला’ गरिएको’ बताएको छ ।
भारतमा विद्युत् निर्यातका लागि लामो समयदेखि प्रयास गर्दै आइरहेका नेपाली ऊर्जा उद्यमीहरूले भारत सरकारको यो घोषणाको स्वागत गरेका छन् ।‘भारतको यो निर्णयले नेपालका लागि ठूलो अवसरको सृजना गरेको छ, ’नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान भन्छन्, ‘महासङ्घ र भारतीय उद्योग परिसङ्घ (सीआईआई)को संयुक्त टोलीले त्यसका लागि आवाज उठाउँदै आएका थिए । यसले हामीलाई उत्साहित बनाएको छ ।’
भारततर्फ विद्युत् निर्यात नेपालका लागि सम्भवतः सबैभन्दा ठूलो व्यापारिक सम्भावना भएको नेपाली निजीक्षेत्रको भनाइ छ । सन् २०१७ सम्ममा नेपाल विद्युतीय ऊर्जामा आत्मनिर्भर भइसक्ने उनीहरू बताउँछन् ।‘हाल घोषणा भएका तथा निर्माणको क्रममा रहेका आयोजनाहरू समयमै पूरा भए भने सन् २०१७ सम्ममा हामीसँग घरेलु माग पूरा गरी अतिरिक्त विद्युत् उत्पादन हुनेछ,’प्रधानले भने, ‘त्यसैले, त्यो अतिरिक्त विजुली सहजरूपमा भारत निर्यात गर्न पाउनु हाम्रा लागि ठूलो अवसर हो ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष सुवर्णदास श्रेष्ठका अनुसार भारतको विद्युत् आयात गर्ने निर्णयले नेपालको पश्चिम सेती, माथिल्लो कर्णालीलगायत ठूला जलविद्युत् आयोजना निर्माणपछि अतिरिक्त विद्युत् कहाँ बेच्ने भन्ने चिन्ता हट्नेछ । यो निर्णयले नेपालको जलविद्युत्मा विदेशी लगानी भित्र्याउनमा कोसेढुङ्गाको काम गर्ने व्यवसायीहरू बताउँछन् ।
उनीहरूका अनुसार भारतजस्तो ठूलो बजारमा बिजुली बेच्न पाइने भएपछि नेपालका ठूला जलविद्युत् परियोजनाका लागि लगानीको समस्या पर्दैन । तर, त्यसका लागि राष्ट्रव्यापी प्रसारण लाइनको नेटवर्क स्थापना गर्नुपर्ने प्रधानको भनाइ छ । ‘उत्पादकहरूलाई प्रोत्साहन गर्न नेपालले स्पष्ट राष्ट्रिय नीति बनाउनुपर्छ,’ उनले भने । सार्वजनिक–निजी–साझेदारीमा आधारित ऊर्जा व्यापार कम्पनी स्थापना गर्नु त्यस दिशामा पहिलो उपयुक्त कदम हुने उनको धारणा छ ।
दक्षिण एशियाका ठूला अर्थतन्त्र भारत, पाकिस्तान र बङ्गलादेशले उच्च ऊर्जासङ्कट झेलिरहेका छन् । पाकिस्तानले हिउँदमा दैनिक झण्डै १८ घण्टाको लोडशेडिङ भोगिरहेको छ ।

गत महीना मात्रै पाकिस्तानले ५ सयदेखि २ हजार मेगावाटसम्म बिजुली खरीदका लागि भारतसँग वार्ता गरिरहेको त्यहाँका जल तथा ऊर्जामन्त्री ख्वाजा आसिफले बताएका थिए । ऊर्जा सङ्कटकै कारण मुलुकले १० खर्ब पाकिस्तानी रुपियाबराबरको वार्षिक घाटा भोगिरहेको उनको भनाइ थियो । त्यसैले, भारतको यो निर्णय नेपाल र भुटानबाट बिजुली आयात गरी पाकिस्तान र बङ्गलादेशमा निर्यात गर्ने स्वार्थबाट प्रभावित भएको पनि हुन सक्ने विज्ञहरूको आँकलन छ ।
हाल उच्च ऊर्जा सङ्कट भोगिरहेको भारतले भुटानबाट विद्युत् आयात गरिरहेको छ । सन् २०१२ को अप्रिलदेखि २०१३ को जनवरीसम्म भारतमा जलविद्युत्, थर्मल तथा न्यूक्लियर प्लाण्ट र भुटानबाट आयात गरिएको समेत गर्दा कुल ७ खर्ब ७१ अर्ब ८६ करोड ६० लाख युनिट बिजुली उत्पादन भएको थियो, जबकि सो समयमा त्यहाँको माग ७६ खर्ब २७ अर्ब ६६ करोड ८० लाख युनिट रहेको थियो । आणविक ऊर्जास्रोतका माध्यमबाट भारतमा २७ अर्ब ४५ करोड युनिट बिजुली उत्पादन गरिएको छ । त्यस्तै, सो अवधिमा जलविद्युत्का माध्यमबाट १ खर्ब २२ अर्ब ४५ करोड युनिटको लक्षित उत्पादनको तुलनामा ९९ अर्ब ७१ करोड युनिट बिजुली उत्पादन भएकोे बताइन्छ । हाल भारतले भुटानबाट ४ अर्ब ७१ करोड युनिट जलविद्युत् आयात गरिरहेको छ ।

No comments:
Post a Comment