Sunday, November 2, 2014

हुलाक टिकटमा केबुलकार

मनकामना केबुलकार हुलाक टिकटमा अङ्कित भएको छ । हुलाक सेवा विभागले राजधानीमा एक कार्यक्रम आयोजना गरी मनकामना मन्दिर तथा केबुलकार अङ्कित हुलाक टिकट सार्वजनिक गरेको हो । उक्त टिकटमा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले प्रथम दिवसीय टाँचा लगाए । केबुलकारले आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन र राजश्वमा उल्लेखनीय योगदान पु¥याएको डा. रिजालले बताए । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुशीलकुमार ओझा, हुलाक सेवा विभागका महानिर्देशक बाबुराम पाण्डे, चितवन कोई समूहका अध्यक्ष राजुबाबु श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र मनकामना दर्शन प्रालिका प्रबन्ध सञ्चालक राजेशबाबु श्रेष्ठलगायतले केबुलकारले पर्यटन प्रवद्र्धन, स्थानीय विकास, यातायात र सरकारी राजश्वमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए । 

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक पाण्डेलगायत कर्मचारीहरुलाई प्रशंसापत्र पनि वितरण गरिएको थियो । चितवनको कुरिनटारदेखि गोर्खाको मनकामना मन्दिरसम्मको ३ दशमलव २ किलोमिटर लामो केबुलकार नेपालकै पहिलो केबुलकार हो । २०५५ सालदेखि सेवा दिन शुरु गरेको केबुलकारले वार्षिक १० लाख यात्रुहरुलाई सेवा प¥याइरहेको छ ।

(कात्तिक १३ गतेको आर्थिक अभियान दैनिकमा प्रकाशित)

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...