आनन्द बगारिया
प्रबन्ध निर्देशक, निम्बस होल्डिङ्स
प्रबन्ध निर्देशक, निम्बस होल्डिङ्स
निम्बस होल्डिङ्सका प्रबन्ध निर्देशक आनन्द बगारिया कम्पनीलाई पब्लिक लिमिटेड बनाउने तयारी शुरू भइसकेको बताउँछन् । निकै तीव्र गतिमा विस्तार भइरहेको निम्बस होल्डिङ्सले हालै नेपालभर २ सय कृषिकेन्द्र खोल्ने घोषणा गरेको छ । पशुपक्षीको दाना तथा पोषणका स्वास्थ्य सामग्री उत्पादनबाट शुरू भएको निम्बसले प्रो–बायोटेक कम्पनीबाट उच्च गुणस्तरीय दाना र प्रोजियोकेम इण्डष्ट्रिजबाट प्लाष्टिक सामग्री उत्पादन गरिरहेको छ भने निम्बस इण्टरनेशनलमार्फत आयात–निर्यातको व्यापार गरिरहेको छ । कम्पनीले आगामी दिनमा कृषिका उत्पादन, वितरण, भण्डारण तथा सेवा सहजीकरणका क्षेत्रमा ठूलो लगानी गर्ने योजना बनाएको छ । ६ सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको कम्पनीलाई अझ सबल र प्रतिस्पर्धी बनाउन विदेशी साझेदार भित्र्याउने प्रयाससमेत भइरहेको बगारिया बताउँछन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई)का उपाध्यक्ष रहिसकेका र नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल–भारत उद्योग वाणिज्य सङ्घका सदस्य तथा हिमालयन क्लाइमेट इनिशियटिभका संस्थापक बोर्ड सदस्यसमेत रहेका बगारियासँग आर्थिक अभियानका मोदनाथ ढकालले गरेको कुराकानीको सार :
निम्बस निकै तीव्र गतिमा विस्तार भइरहेको छ ? आगामी ५ वर्षमा कहाँ पुर्याउने लक्ष्य लिनुभएको छ ?
हामीले सन् २०२० सम्ममा कम्पनीको टर्नओभर २० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएका छौं । तर, पूँजीमात्रै बढाउनु ठूलो कुरा होइन, व्यवसायमा केकस्ता इन्नोभेशन ल्याउन सकिन्छ भन्ने महत्वपूर्ण कुरा हो । त्यसैले, हामीले पशुपालन व्यवसायसँग सम्बन्धित दाना उद्योग अघि बढायौं । पहिले त्यसका लागि चाहिने कच्चापदार्थ (पिना) भारतबाट आयात गरिन्थ्यो । तर, हामीले पिनाका लागि भटमासको तेल उद्योग पनि शुरू ग¥यौं । अब त्योभन्दा पनि पछिल्तिर फर्केर भटमास खेतीलाई प्रवद्र्धन गर्ने पो हो कि ? त्यसो भए विभिन्न अन्तरसम्बन्धित उद्योग पनि चल्थे र कच्चापदार्थमा आत्मनिर्भर हुन सकिन्थ्यो । तर, त्यो खेती आफै गर्ने नभएर त्यसमा संलग्न व्यावसायिक कृषकलाई प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य छ । हाम्रो कम्पनीको व्यावसायिक मोडल नै व्यवसायमा देखिएको ‘ग्याप’लाई पूरा गर्ने अभिप्रायबाट निर्देशित छ । त्यो के भने, कि त भइरहेको कामलाई कुशल बनाउने, कि क्रेता र विक्रेताको बीचमा पुल बन्ने या कृषि प्रशोधनमा जाने । तर, त्यसको अर्थ कसैलाई विस्थापित गर्ने हाम्रो उद्देश्य होइन । बरु, दुई कम्पनीले गरेको कामको बीचमा केही छुटेको छ भने त्यो पूरा गर्ने दायित्वचाहिँ हाम्रो हुनुपर्छ भन्ने हाम्रो ठम्याइ हो । अहिले हाम्रा लागि मकै, भटमास कच्चापदार्थ हुन् । निम्बसले धेरै ठूलो मात्रामा भटमास आयात गर्नु परिरहेको छ । आखिर तेल पनि ठूलो मात्रामा आयात नै गर्नु परिरहेको छ । त्यसकारण यहाँ भटमासको खेतीलाई प्रवद्र्धन गर्नतर्फ अग्रसर भएका हौं । यसका लागि विज्ञहरूसँग सल्लाह गरिरहेका छौं । हामी चाँडै दैनिक १ सय मेट्रिकटन क्षमताको खाने तेल रिफाइनरी स्थापना गर्ने तयारीमा पनि जुटेका छौं ।
व्यवसायका अन्य क्षेत्रमा पनि लगानी गर्ने सोच छैन ?
छ नि, किन नहुनु । अहिले हामी पशुका लागि पोषण उत्पादन गरिरहेका छौं । तर, हामीले विस्तारै मानव पोषण उत्पादन गर्नेतर्फ पनि लाग्ने योजना बनाएका छौं । त्यसमा हामी एफएमसीजी (फाष्ट मुभिङ कञ्जुमर गूड्स) र त्यसमा पनि खाद्य उत्पादनमा जाने सोचमा छौं । त्यसका लागि अरू केही वर्ष लाग्ला, तर ती उत्पादन हाम्रै ब्राण्डमा आउनेछन् । त्यसैगरी सुपरमार्केट खोल्ने पनि योजना छ । तर, त्यो ठूलो मल नभई मार्ट व्यवसाय हुनेछ । त्यसमा अन्य उत्पादनसहित हाम्रा कृषकले उत्पादन गरेका खाद्य वा कृषिजन्य सामग्री पनि उपलब्ध हुनेछन् ।
निम्बस छोटो समयमा उच्च प्रगति गर्ने कम्पनीमध्ये पर्छ ? व्यवसायलाई यो रूपमा विकसित गर्न खासमा के चहिने रहेछ ?
धेरै कुराका समायोजनबाट नै निम्बस आजको अवस्थामा आउन सकेको हो । कुनै पनि क्षेत्रमा सफलता पाउन सबैभन्दा पहिले त काम गर्ने इच्छा शक्ति चाहिन्छ । अर्को कुरा, व्यवसाय गर्छु भनेर मात्रै पनि हुँदैन । सम्बन्धित विषयको ज्ञान र खासगरी त्यसबारे प्राविधिक ज्ञान हुनु नितान्त आवश्यक हुन्छ । त्यसका लागि एकदम सक्षम प्राविधिक जनशक्ति हुनुपर्छ । हाम्रो सफलताको पछाडि हाम्रो त्यही सही व्यवस्थान क्षमता भएका प्राविधिक टीमको हात छ । त्यो टीम नै हाम्रो उद्योग चलाउने चालक हुन् । साथै, कुनै काममा सफल हुनका निम्ति सकारात्मक उद्देश्य पनि हुनुपर्छ ।
दाना, केमिकल्स, प्लाष्टिक, आयात तथा वितरणलगायत गरी तपाईंले सञ्चालन गरेका उद्योगको सङ्ख्या कति पुग्यो ? जनशक्तिको अभाव छ कि छैन ?
खै, मैले अहिलेसम्म नबुझेको कुरा, देशमा बेरोजगारी बढ्यो भनिन्छ । तर, हामीले खोजेको बेला दक्ष जनशक्ति त पाउन हम्मे नै छ । नेपालमा पहिलो यस्तो उद्योग छँदै थिएन । त्यसकारण यो क्षेत्रमा दक्ष जनशक्ति नपाउनु स्वाभाविक हो, त्यसमा हामी असन्तोष व्यक्त गर्दैनौं । तर, यहाँ त सामान्य मजदूर पाउन पनि समस्या भइसकेको छ । यसलाई के भन्ने ? यहाँनेर बेरोजगारी, मजदूर युनियन, मजदूर अभावका बीचमा तालमेल नै मिलिरहेको छैन । अहिले यहाँ जनशक्तिको खाँचो छ । त्यसैले, मेरो विचारमा महिला जनशक्ति मूलधारमा आउने यो उपयुक्त समय हो । त्यसैले होला अहिले उद्योग क्षेत्रमा पनि महिलाको आकर्षण बढेको छ । समस्या प्रशस्त छन्, तर हामी त्यसलाई चिर्दै अघि बढ्ने प्रयत्नमा छौं । त्यसैलाई ध्यानमा राख्दै हामीले कृषिकेन्द्र स्थापना गरेका हौं । त्यसमा हामीले महिलालाई प्राथमिकतामा राखेका छौं । हाल हामीसँग तीनओटा कम्पनी र आठओटा जति उद्योग छन् ।
हालै निम्बसले २ सय कृषिकेन्द्र स्थापना गर्ने घोषणा गरेको छ । त्यसको सोच कसरी आयो ?
सबभन्दा पहिले त कृषिकेन्द्र स्थापना गर्ने अवधारणाबारे कुरा गरौं । हामी दाना आयात पनि गर्छौं । त्यसमा हामीले समयमा कच्चापदार्थ नपाउने, गुणस्तर सधैं उस्तै नहुने र मूल्यमा घटबढ भइरहनेजस्ता समस्याको सामना गर्नुपर्यो । यसले हाम्रो उत्पादनको बजार मूल्य स्थिर गर्न समस्या हुने गरेको छ । कुनै पनि उद्योग–व्यवसायका लागि स्थिरता महत्वपूर्ण हुन्छ । अर्कातर्फ, अन्तरराष्ट्रिय मापदण्डका आधारमा हेर्ने हो भने हाम्रा (स्वदेशी)उद्योहरूमा प्रतिएकाइ उत्पादन पनि निकै कम छ । यहाँ किसानलाई भण्डारण सुविधा छैन र उनीहरू आफ्नो उत्पादन तत्कालै बेच्न बाध्य हुन्छन् । बीचको कसैले भण्डारण गर्छ । उसले ती उत्पादनलाई कमोडिटीमात्र ठान्छ र गुणस्तरीय भण्डारणतर्फ ध्यान दिँदैन । अर्कोतिर, किसानलाई पैसाको खाँचो छ । त्यसकारण उसले तुरुन्त आफ्नो उत्पादन विक्री गर्छ । तर, हामी मकै त किन्ने होइन नि, त्यसमा भएको पौष्टिक तत्व पो किन्ने हो । त्यसमा प्रोटिन, भिटामिनलगायत पोषणको मात्रा हेरेर ती उत्पादन खरीद गर्ने हो । त्यसकारण हामीले सोच्यौं कि, किसानसँग काम गर्नु महत्वपूर्ण हुन सक्छ । यसका लागि सबभन्दा पहिलो उनीहरूलाई सही किसिमको अभिमुखीकरणको आवश्यकता छ । उचित मल, बीउ, प्राविधिक ज्ञान तथा प्रविधिको खाँचो छ । कृषि अनुसन्धान परिषद् (नार्क)ले अनुसन्धान त गर्छ, तर त्यो कृषकसम्म पुग्दैन । यस्ता कुरामा ध्यान पुर्याउन सकियो भने किसान बजारसम्म आफ्नो उत्पादन पुर्याउन उत्साही हुन्छ र पारदर्शी मूल्य पाउनेमा पनि ढुक्क हुन्छ । हामी किसानलाई किसान भन्छौं, व्यापारी किन भन्दैनौं ? उनीहरूले पनि मूल्य अभिवृद्धि गरिरहेका छन् । दुई रुपैयाँको बीउ लिएर २० रुपैयाँ किलोको मकै उत्पादन गर्छन्, त्यसकारण ती व्यापारी हुन् । किसानले पनि एउटा व्यापारीले जस्तै विभिन्न किसिमका जोखीम उठाएको हुन्छ । त्यसकारण आफ्नो उत्पादनको बजार मूल्य कसरी निर्धारण गर्ने, भन्ने अधिकार किसान स्वयम्सँग सुरक्षित हुनुपर्छ । यी सब कुराको सम्बोधन गर्न सक्ने एक थलोका रूपमा नै हामी कृषिकेन्द्र स्थापना गर्दै छौं । यस्ता केन्द्रमा किसानले आफ्ना जुनसुकै उत्पादनको पनि विक्रीवितरण गर्न सक्छ । बजारसम्मको पहुँच, प्राविधिक इनपुट, मूल्य निर्धारण गर्नेलगायत अधिकार किसानमा सुरक्षित गर्ने उद्देश्यले नै केन्द्र स्थापना गर्न लागिएको हो । बजारको पहुँच नपाएर
किसानले दुःख नपाऊन् भन्ने हाम्रो सोच हो । अर्को कुरा, यस्ता केन्द्रले आफ्नो वस्तुको मूल्य आफै निर्धारण गर्न किसानलाई ठाउँ दिन्छ । यी
विविध आधारलाई हेरेर हामीले २ वर्ष लामो गृहकार्यपछि यो अवधारणालाई कार्यान्वयनमा ल्याउन लागेका हौं ।
नेपालमा व्यवसाय गर्नका लागि फाइनान्सिङ प्रमुख चुनौती बनेको देखिन्छ । बैङ्कबाट ऋण लिन पनि गाह्रो छ भन्छन् । तपाईंले त्यति ठूलो लगानी कहाँबाट जुटाउनुभएको छ ?
हामी वार्षिक रूपमा लगानी बढाउँदै गएका छौं । त्यसकारण हामीले धेरै कम्पनी खडा गरेका छैनौं । केही कम्पनीको लगानी त्यही पुनःलगानी गर्ने गरेका छौं । यसमा दुई प्रकारमा समस्या छन् । पहिलो, धेरै ठूलो परियोजनामा बैङ्किङ क्षेत्रको क्षमताको पनि कुरा आउँछ । कहाँ कुन परियोजनामा कसरी लगानी गर्ने भन्ने । दोस्रो, लगानीकर्ताको क्षमतामा पनि भर पर्छ । एउटा बैङ्कले लगानी गर्दा व्यवसायको शेयर पूँजी हेर्छ, तर धेरै कम्पनीसँग पर्याप्त पूँजी हुँदैन । मेरो कम्पनीका लागि बैङ्कबाट लिन सकिनेसम्म त लिउँला, बाँकी कहाँबाट जुटाउने ? त्यसकारण अहिले हामी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सोचमा छौं । यसबारे गृहकार्य चलिरहेको छ । छिट्टै यसबारे सार्वजनिक जानकारी दिनेछौं । हामीले के अनुभव गर्यौं भने, हाम्रो व्यवसाय दश गुणा बढी सम्भावनासहित अघि बढिरहेको छ । त्यसकारण अब म एक्लै यो व्यवसायको मालिक भएर बस्न खोज्दा मेरो व्यवसाय नै बन्द गर्नुपर्ने हुन्छ । त्यसैले, हामी पब्लिक पार्टनरशिपमा जानुपर्छ भन्ने निर्णय गरिसकेका छौं । यसमा हाम्रो विकल्प छैन, छ भने कि त व्यवसाय बन्द गर्नु वा शेयरमा सर्वसाधारणलाई पनि साझोदारी दिनु र अघि बढ्नु । हामी यो व्यवसायको क्षेत्रमा अघि बढ्न चाहन्छौं ।
हामी वार्षिक रूपमा लगानी बढाउँदै गएका छौं । त्यसकारण हामीले धेरै कम्पनी खडा गरेका छैनौं । केही कम्पनीको लगानी त्यही पुनःलगानी गर्ने गरेका छौं । यसमा दुई प्रकारमा समस्या छन् । पहिलो, धेरै ठूलो परियोजनामा बैङ्किङ क्षेत्रको क्षमताको पनि कुरा आउँछ । कहाँ कुन परियोजनामा कसरी लगानी गर्ने भन्ने । दोस्रो, लगानीकर्ताको क्षमतामा पनि भर पर्छ । एउटा बैङ्कले लगानी गर्दा व्यवसायको शेयर पूँजी हेर्छ, तर धेरै कम्पनीसँग पर्याप्त पूँजी हुँदैन । मेरो कम्पनीका लागि बैङ्कबाट लिन सकिनेसम्म त लिउँला, बाँकी कहाँबाट जुटाउने ? त्यसकारण अहिले हामी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सोचमा छौं । यसबारे गृहकार्य चलिरहेको छ । छिट्टै यसबारे सार्वजनिक जानकारी दिनेछौं । हामीले के अनुभव गर्यौं भने, हाम्रो व्यवसाय दश गुणा बढी सम्भावनासहित अघि बढिरहेको छ । त्यसकारण अब म एक्लै यो व्यवसायको मालिक भएर बस्न खोज्दा मेरो व्यवसाय नै बन्द गर्नुपर्ने हुन्छ । त्यसैले, हामी पब्लिक पार्टनरशिपमा जानुपर्छ भन्ने निर्णय गरिसकेका छौं । यसमा हाम्रो विकल्प छैन, छ भने कि त व्यवसाय बन्द गर्नु वा शेयरमा सर्वसाधारणलाई पनि साझोदारी दिनु र अघि बढ्नु । हामी यो व्यवसायको क्षेत्रमा अघि बढ्न चाहन्छौं ।
निम्बसलाई पब्लिक लिमिटेड बनाएर लगानी विस्तार गर्ने बताउनुभएको केही वर्ष भइसक्यो । कहिलेसम्ममा आईपीओमा जाने योजना छ ?
पब्लिकलाई शेयर दिने भन्ने हाम्रो अहिलेको सोचाइलाई २ वर्षभित्र कार्यान्वयनमा ल्याउने गरी काम भइरहेको छ । तर, नयाँ कम्पनीलाई पब्लिक लिमिटेडमा लैजानु जति सजिलो छ, सञ्चालनमा रहेको कम्पनीलाई त्यसो गर्न त्यति सहज भने छैन । सञ्चालनमा रहेको कम्पनीलाई त्यसको ‘बूक्स अफ एकाउण्ट’बाट मूल्याङ्कन गर्न सकिँदैन । त्यसको आफ्नो कुल सम्पत्ति, अवसर, ब्राण्ड मूल्य र पुनर्मूल्याङ्कन हुन्छ । त्यसकारण यस्तो कम्पनीलाई पब्लिक लिमिटेडमा लैजान त्यति सजिलो छैन । तर, त्यसतर्फ हामी अघि बढिसकेका छौं । यसका लागि हामी विभिन्न संस्था तथा धितोपत्र बोर्डसँग छलफल गर्दै छौं । फेरि हाम्रो व्यवसायको प्रकृति नै समावेशी खालकै छ, सबैलाई साथ लिएर अघि बढ्नैपर्छ । यो हाम्रा लागि बलियो मार्केटिङ रणनीति पनि बन्न सक्छ ।
निम्बसले किसानलाई तालीम र राहतसमेत दिएर पूरै भ्यालू चेनमा पकड बनाउन खोजेको देखिन्छ नि ? अन्य प्रतिस्पर्धीको प्रवेश रोक्न खोज्नुभएको त होइन ?
मैले अघि नै भनेँ नि, हामी किसानलाई व्यवसायीका रूपमा हेर्छौं । हामीलाई विश्वास छ कि, किसानको जीविकोपार्जन तथा मुनाफा नै हाम्रो व्यवसायको सबल पक्ष हो । त्यसकारण किसान वा पशुपालन व्यवसायीलाई सहज वातावरण सृजना गर्नेतर्फ हाम्रो पहल रहनेछ । त्यसैले, पकड बनाउनुभन्दा पनि यो समग्र क्षेत्रलाई बलियो बनाउनु हाम्रो उद्देश्य हो । यसमा अरूलाई काम गर्नै अप्ठ्यारो पार्ने हाम्रो केही उद्देश्य होइन । किनभने, यो क्षेत्रमा यति धेरै सम्भाव्यता छ कि, निम्बसले मात्र सब थोक गर्नै सक्दैन । कुरा यत्ति हो कि, निम्बस सदैव एक पारदर्शी संस्था बन्ने प्रयासमा रहनेछ ।
चितवनमा १ हजारओटा बाख्रापालन गर्ने योजना पनि थियो नि ?
बाख्रा पाल्ने योजना थिएन, तर त्यस्तो परियोजनाका लागि हामीले अध्ययन भने गरेका थियौं । तर, त्यसमा हामीले खास आकर्षण पाएनौं । हुन त यसको परिभाषा आ–आफ्नो हुन सक्छ । तर, कुनै पनि क्षेत्रमा लगानी गरिसकेपछि त्यसको मापन क्षमता हुनुपर्यो र त्यो अनुकरण गर्न योग्य हुनुपर्यो भन्ने हाम्रो मान्यता हो । कुनै व्यवसायमा लगानी गरेपछि भोलि अन्त कतै पनि त्यस्तै गर्न मिल्ने हुनुपर्यो, तब पो मजा आउँछ । यद्यपि, हामीले पशुपालन र माछापालनलाई एकदमै प्राथमिकतामा राखेका छौं । पशुपालन व्यवसाय ठूलो भए पनि खासै संस्थागत हुन सकेको छैन । किसान, डेरी र पोषणको तालमेल अहिले पनि मिलेको छैन । यसलाई संस्थागत र सही किसिमले व्यवस्थापन गर्ने हो भने गर्न सकिने धेरै छ ।
मोन्साण्टो विवादले तपाईंलाई कस्तो असर पार्यो ? कम्पनीको इमेजमा कुनै खलल त परेन ?
यो विवादबारे वास्तवमै मलाई खास थाहा छैन । यो वर्णसङ्कर र वंशाणु परिवर्तित बीउबीचको गलत बुझाइ हो भन्ने लाग्छ । यसले हामीलाई भने कुनै फरक पारेको छैन । हामी कहिल्यै पनि त्यो बहसमा जोडिएनौं । हामीले हाईब्रीड बीउ उत्पादनको सोच बनाएका थियौं र मोन्साण्टोसँग एउटा अनौपचारिक छलफल गरेका थियौं, त्यतिमात्र हो ।
नेपाल ग्यासको स्वामित्व त अविनाश ह्याचरीलाई नै छोडिदिनु भो रे नि ? किन छोड्नुभएको ? कृषि उद्योगमै ध्यान केन्द्रित गर्न हो ?
व्यवसायमा एउटा ‘फोकस एरिया’को कुरा आउँछ । त्यसकारण हामीले अनुभूत गर्यौं कि, त्यो हाम्रो क्षेत्र होइन । त्यसपछि हामीले त्यतातिर छोडिदियौं । अरू खास कारण छैन ।
नेपालका कुनै व्यावसायिक घरानाले व्यवसायमा स्थापित हुँदै जाँदा बैङ्क तथा वित्तीय संस्था खोल्ने या लगानी गर्ने ट्रेण्ड नै चलेको छ । तर, निम्बस आजसम्म त्यतातिर नलाग्नुका के कारण होलान् ?
निम्बसको इतिहास छोटो छ, तर काम गर्नका लागि भने धेरै ठूला योजना छन् । हो, अहिलेसम्म कुनै बैङ्क तथा वित्तीय संस्थामा हाम्रो लगानी छैन । तर, एउटा कुरा के भने, आफूले गरिआएको व्यवसायभन्दा फरक क्षेत्रमा लाग्दा त्यसमा भने जति सफलता पाउन सहज हुँदैन । समय बित्दै जाँदा उनीहरू पुनः आफ्नो पुरानो व्यवसायमा नै फर्कन्छन् । त्यसकारण अरूले गरे भन्दैमा त्यसैमा लाग्नुपर्छ भन्ने छैन । तर, कुनै ठाउँमा अझै गर्न सकिने सम्भावना छ भने त्यहाँ प्रवेश गर्नुपर्छ ।
(Interviewed: May 19, 2014)
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDeleteतपाईं एक व्यवसाय सुरु गर्न र आफ्नो बिल तिर्न वा तपाईंको प्रोजेक्ट लाई वित्त गर्न ऋण चाहिन्छ? के तपाईंले सोच्नुभएको छ कि तपाईं कसरी आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ र यसलाई नयाँ स्तरमा लैजान सक्नुहुन्छ जहाँ तपाईं आफ्नो आय बढाउन सक्नुहुन्छ? यदि हो भने यहाँ आज हाम्रो लागि सही समाधान हो, किनकि हाम्रो व्यवस्थापन विलियम्स लियो ल्यान्डर्स तपाईले आर्थिक सहयोगको प्रस्ताव गर्न तयार हुनुहुन्छ, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: williamsloanfundshelp@gmail.com
ReplyDelete