Wednesday, December 31, 2014

आर्थिक कूटनीति व्यापार, लगानी र पर्यटनकेन्द्रित

अवैतनिक वाणिज्यदूत थपिने सम्भावना

मङ्सिर १६, काठमाडौं । सरकारले गत वर्ष घोषणा गरेको मुलुकपिच्छे फरक कूटनीतिक योजनालाई कार्यान्वयनमा ल्याएको छ । मित्रराष्ट्रहरूसँग नेपालको सम्बन्धको आयामअनुरूप नयाँ कूटनीति कार्यान्वयनमा ल्याइएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए । मङ्गलवार आर्थिक अभियानसँगको विशेष कुराकानीमा उनले भने, ‘आर्थिक कूटनीति निर्देशिका जारी गरी विदेशस्थित नेपाली मिशनहरूलाई त्यसअनुरूप काम गर्न निर्देशन दिइसकिएको छ ।’ आर्थिक कूटनीतिलाई नतिजामूलक र उद्देश्यकेन्द्रित बनाउन सहयोग गर्ने उनले बताए । उनका अनुसार बजेट तथा अन्य साधनस्रोतको सही सदुपयोग गर्न पनि यस्तो रणनीतिको आवश्यकता परेको हो ।

मन्त्री पाण्डेका अनुसार व्यापार, लगानी र पर्यटनलाई ध्यान राखेर आर्थिक कूटनीति सञ्चालन गरिनेछ । नेपालमा पर्यटनको अथाह सम्भावना रहे पनि विदेशमा राम्रो मार्केटिङ हुन सकेको छैन । त्यस्तै आप्mना प्रमुख व्यापार साझेदार मुलुकसँग नेपालको व्यापारघाटा पनि क्रमशः बढ्दै गएको छ ।

त्यसैगरी सन् २०२२ सम्ममा मुलुकलाई अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति गर्ने सरकारको योजना छ, जसका लागि पूर्वाधारमा ठूलो लगानी आवश्यक छ । ‘ठूला पूर्वाधार परियोजनाहरूमा लगानी गर्न सक्ने नेपालको क्षमता छैन, त्यसैले विदेशी लगानी भिœयाउन मुलुकभित्रको व्यावसायिक वातावरणमा सुधार ल्याएर मात्र हुँदैन । लगानीकर्तासम्म त्यसको जानकारी पनि पुग्नुपर्छ,’ मन्त्री पाण्डेले भने, ‘त्यसैले हामीले समयानुकूल र सम्बन्धित मुलुकको आवश्यकतालाई सम्बोधन गर्ने गरी कूटनीति निर्माण गरेका हौं ।’
गतवर्ष सरकारले ‘आर्थिक कूटनीतिको देशगत तथा क्षेत्रगत रणनीति बनाउन सुझाव दिन’ परराष्ट्र सचिवको अध्यक्षतामा अर्थ, श्रम, वाणिज्यलगायत मन्त्रालयका सचिवसदस्य र स्वतन्त्र विज्ञका रूपमा संयुक्त राष्ट्रसङ्घका पूर्वउपमहासचिव कुलचन्द्र गौतम र अर्थशास्त्री प्राडा विश्वम्भर प्याकु¥यालसमेतको एक कार्यदल गठन गरेको थियो । सोही कार्यदलले नयाँ कूटनीतिको खाका तयार गरेको हो ।

नयाँ कूटनीतिको प्रभावकारी कार्यान्वयनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक स्टेयरिङ कमिटी गठन गरिएको छ । परराष्ट्र मन्त्रालयका निमित्त सविच शङ्कर वैरागीका अनुसार नयाँ कूटनीतिले देशगत र वस्तुगत गरी दुई आयाममा काम गर्नेछ ।
‘लक्षित मुलुकको स्थानीय मागअनुसारको नेपाली वस्तु तथा उत्पादनको प्रवद्र्धन तथा मुलुकभित्रका पनि बढी सम्भाव्य क्षेत्रको प्राथमिकीकरण गरी कूटनीतिक मार्गदर्शन गर्न नयाँ आर्थिक कूटनीतिले सघाउनेछ,’ उनी भन्छन्, ‘नेपालले आर्थिक कूटनीतिलाई यसरी प्राथमिकतामा राखेको पहिलोपटक हो ।’ नयाँ कूटनीतिले गैरआवासीय नेपाली (एनआरएन)सँग सहकार्य गर्ने र विदेशस्थित अवैतनिक नेपाली वाणिज्यदूतहरूसँग प्रभावकारी समन्वय गर्ने नीति लिएको छ ।

१ सय ३८ मुुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालले ३६ कूटनीतिक नियोग, ५१ अवैतनिक वाणिज्यदूतमार्फत कूटनीतिक गतिविधि अघि बढाइरहेको छ भने ६० भन्दा बढी मुलुकमा एनआरएनको सङ्गठन र २० मुलुकमा द्विपक्षीय व्यापार सङ्घ पनि रहेका छन् । नेपाली वस्तु तथा सेवाको प्रवद्र्धन गर्न र विदेशी लगानी आकर्षित गर्न ती सबैको सहयोग लिइने निर्देशिकाले लक्ष्य लिएको छ । यसैगरी परराष्ट्रका अनुसार थप मुलुकमा अवैतनिक वाणिज्यदूत थपिने सम्भावना छ । त्यसका लागि हाल अध्ययन भइरहेको उसले जानकारी दिएको छ ।
December 3, 2014 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...