कार्तिक १६, काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादनको ३५ प्रतिशत हिस्सा ओगट्ने कृषिले ३ हजार ६ सय जना वैज्ञानिक तथा प्राविधिक पाएको छ । सन् २०१० सम्ममा मुलुकमा कुल उत्पादित वैज्ञानिक तथा प्राविधिकमध्ये ८ प्रतिशत मात्र कृषि वैज्ञानिक तथा प्राविधिक छन् । वनमा २ प्रतिशत र खाद्यप्रविधिमा १ प्रतिशतभन्दा कम (सवा ३ सय) वैज्ञानिक तथा प्राविधिक छन् ।
यो सङ्ख्यामा रहेको जनशक्ति नेपाली कृषिक्षेत्रका लागि अपुग भएको विज्ञहरू बताउँछन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का योजना तथा समन्वय महाशाखा प्रमुख डा. हीराकाजी महर्जनका अनुसार नेपालमा जनशक्ति उत्पादन नै पर्याप्त छैन । नेपालमा प्राविधिकहरूका लागि उपयुक्त रोजगारीको अवसर निकै कम भएको नार्कका वरिष्ठ वैज्ञानिक डा. हरिकृष्ण श्रेष्ठको भनाइ छ । ‘यसै पनि जनशक्ति उत्पादन कम छ । त्यसमाथि दक्ष जनशक्ति पलायनको समस्या पनि उत्तिकै छ,’ उनले भने, ‘नेपालमा अवसर र सुविधा कम भएर पलायन हुने धेरै छन् ।’
जनशक्ति अभाव झेलिरहेको अर्को क्षेत्र स्वास्थ्य हो । सन् २०१० सम्ममा नेपालमा साढे ८ हजार डाक्टर तथा विशेषज्ञ उत्पादन भएका छन् । यस क्षेत्रमा सधैं जनशक्ति कम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । कृषिजस्तै स्वास्थ्य पनि जनशक्ति पलायनको समस्या भोगिरहेको क्षेत्र हो । यी लगायत विज्ञानका अन्य क्षेत्रबाट २५ प्रतिशतभन्दा बढी जनशक्ति पलायन भएको अनुमान छ । एक तथ्याङ्कअनुसार सन् २०१० सम्ममा नेपालमा इञ्जिनीयरिङ, विज्ञान, स्वास्थ्य, कृषि, वन र खाद्यप्रविधिका क्षेत्रमा ४४ हजार ४४ जना प्राविधिक उत्पादन भएका छन् ।
यो सङ्ख्या विश्वविद्यालयबाट शिक्षित भई बाहिरिनेको हो । ‘चिकित्सा विज्ञान र इञ्जिनीयरिङमा स्नातक र रसायनशास्त्र, भूगर्भशास्त्र, वनस्पतिशास्त्रलगायत प्राकृतिक विज्ञानमा स्नातकोत्तर गरेकाहरूलाई प्राविधिकको रूपमा गणना गरिएको हो,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का विज्ञान सङ्काय प्रमुख डा. दिनेशराज भुजूले भने ।
उत्पादित प्राविधिकमा सबैभन्दा ठूलो हिस्सा इञ्जिनीयरको छ । सन् २०१० सम्ममा २० हजारभन्दा बढी इञ्जिनीयर उत्पादन भइसकेका छन् । प्राकृतिक विज्ञानमा भने १० हजार छन् । यसरी उत्पादित जनशक्तिको सबैभन्दा ठूलो अंश विश्वविद्यालय तथा कलेजहरूमा शिक्षण गरिरहेको छ । त्यसैले ती प्राविधिकहरूमा रहेको सम्भावनाको पूर्ण उपयोग गर्न नसकिएको डा. भुजू बताउँछन् । उनका अनुसार हालसम्म उत्पादित कुल जनशक्तिको आधाभन्दा बढी सरकारी सेवामा छन् भने १५ हजार जति उच्च शिक्षा तथा व्यावसायिक संस्थामा संलग्न छन् । बाँकी निजी तथा गैरनाफामुखी संस्था आदिमा संलग्न छन् ।
सन् १९१९ मा त्रिचन्द्र कलेजले विज्ञानमा प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन गरेपछि नेपालमा आधुनिक विज्ञानको प्रवेश भएको मानिन्छ । हाल नेपालमा विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्ने शैक्षिक, अनुसन्धान, गुणस्तर मापनलगायत गरी ४ सयभन्दा बढी संस्था छन् । तीमध्ये ५० जतिले उच्च शिक्षा सञ्चालन गरिरहेका छन् ।
November 2, 2012 Pubished in Aarthik Abhiyan Daily

No comments:
Post a Comment