Wednesday, December 31, 2014

वार्षिक २ अर्ब ६३ करोडको चलचित्र तथा सङ्गीत उत्पादन

मङ्सिर १५, काठमाडौं । नेपालमा वार्षिक २ अर्ब ६३ करोड रुपैयाँबराबरको चलचित्र तथा सङ्गीत उत्पादन हुने केन्द्रीय तथ्याङ्क विभागको एक अध्ययनले देखाएको छ । नेपालमै पहिलोपटक गरिएको चलचित्र तथा सङ्गीत गणना २०६८ ले यस क्षेत्रमा ५ सय ३० उद्योग रहेको देखाएको छ । साथै सो क्षेत्रको कुल मूल्य अभिवृद्धि  ७२ करोड रुपैयाँबराबर रहेको पनि गणनाको निष्कर्ष छ । 

गणनामा चलचित्र निर्माण, प्रोडक्शन, वितरण, प्रदर्शनदेखि टेलिभिजन कार्यक्रम निर्माण, विज्ञापन चलचित्र निर्माण, म्युजिक तथा म्युजिक भिडियो रेकर्डिङ र अन्य गरी आठ प्रकारका उद्योग समेटिएका छन् । जसमध्ये उत्पादनमा सबैभन्दा ठूलो अंश विज्ञापन चलचित्रको निर्माण र वितरणको छ । कुल उत्पादनमा यसको अंश १ अर्ब ४२ करोड रुपैयाँ छ । चलचित्र प्रदर्शनले ५२ करोड रुपैयाँ र निर्माणले २५ करोड रुपैयाँसहित दोस्रो र तेस्रो ठूलो स्थान ओगटेका छन् । त्यसपछि क्रमशः साउण्ड रेकर्डिङ तथा सङ्गीत २० करोड रुपैयाँ, चलचित्र वितरण १२ करोड ४० लाख रुपैयाँ र टेलिभिजन कार्यक्रम निर्माण १० करोड ५२ लाख रुपैयाँ रहेका छन् । चलचित्रको पोष्ट प्रोडक्शन कम्पनीहरूले सबैभन्दा कम उत्पादन (११ लाख रुपैयाँ) गर्छन् ।

चलचित्र र सङ्गीत क्षेत्रका ५ सय ३० कम्पनीमध्ये सबैभन्दा बढी चलचित्र प्रदर्शनमा रहेको गणनाले देखाएको छ । सो क्षेत्रमा २ सय २ कम्पनी सञ्चालनमा छन् । त्यसैगरी १ सय २ साउण्ड रेकर्डिङ र सङ्गीत उत्पादन कम्पनी, ९० चलचित्र निर्माण कम्पनी, ५२ टेलिभिजन कार्यक्रम निर्माण कम्पनी र ४९ विज्ञापन चलचित्र निर्माण कम्पनी चालू अवस्थामा रहेका छन् । चलचित्रको पोष्ट प्रोडक्शन र प्रदर्शनमा क्रमशः १४  र १६ कम्पनीहरूले काम गरिरहेका छन् । 

चलचित्र तथा सङ्गीतक्षेत्रले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको अनुमान गर्न, यी क्षेत्रको वर्तमान आकार र स्वरूप पहिचान गर्न, रोजगारी तथा वर्तमान समस्याका बारेमा सूचना उपलब्ध गराउने उद्देश्यले गणना शुरू गरिएको विभागले बताएको छ । गणनामा २०६७ साउन १ गतेदेखि २०६८ असार मसान्तसम्मलाई सन्दर्भ अवधि मानिएको छ ।

November 30, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...