Wednesday, December 31, 2014

आईएफआरएस मापदण्ड नोभेम्बरमा

लेखापरीक्षणमा अन्तरराष्ट्रिय मापदण्ड लागू गर्ने तयारी
भदौ २५, काठमाडौं । अन्तरराष्ट्रिय वित्तीय प्रतिवेदन मान (आईएफआरएस)अनुरूपको नेपाली मापदण्ड आगामी नोभेम्बरमा तयार हुने भएको छ । मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको लेखापरीक्षणमान बोर्डले जानकारी दिएको छ । नेपालले यसै आर्थिक वर्षदेखि ‘आईएफआरएस’अनुरूप लेखापरीक्षण प्रतिवेदन राख्ने निर्णय भइसकेकाले बोर्डले त्यसका लागि आवश्यक मापदण्ड निर्माणको काम अघि बढाएको हो । नयाँ बत्रे मानले नेपालको राष्ट्रिय लेखामान (एनएएस) २००८ मा उल्लेख मान र त्यसपछि हालसम्म अन्तरराष्ट्रिय क्षेत्रमा भएका परिवर्तनहरू समेट्ने लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डका प्रमुख कार्यकारी अघिकृत लोकमान मास्केले बताए । 

‘यसै आवदेखि नेपालमा आईएफआरएस लागू गरिने भएकाले नोभेम्बरसम्ममा मापदण्ड बनेमा आगामी जुलाईमा तयार गरिने प्रतिवेदनहरू यसैअनुरूप बत्र सहज हुनेछ,’ उनले भने । बोर्डले मापदण्ड निर्माण गरेपछि नेपाल चार्टर्ड एकाउण्टेण्टस् संस्था (आईक्यान)ले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने संस्थाका अध्यक्ष मधुवीर पाण्डेले जानकारी दिए । ‘सबै अवस्था अनुकूल भएमा सन् २०१३ को जनवरीदेखि नयाँ मान लागू गरिनेछ,’ उनले भने । 

आईएफआरएस कार्यान्वयनका लागि गठन गरिएको अस्थायी समितिको सन् २०११ डिसेम्बरमा बसेको पहिलो बैठकले चरणगतरूपमा आईएफआरएस लागू गर्ने निर्णय गरेको थियो । त्यसमध्ये पहिलो चरणमा सन् २०१२ जुलाईदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बहुराष्ट्रिय कम्पनी (एमएनसी)हरूले आफ्नो वित्तीय प्रतिवेदन आईएफआरएस मापदण्डअनुरूप बनाउनु पर्नेछ । हाल नेपालमा युनिलिभर नेपाल, बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई गरी तीन एमएनसीमात्र नेप्सेमा सूचीकृत छन् ।

दोस्रो चरणमा वाणिज्य बैङ्क र नेप्सेमा सूचीकृत सरकारी संस्थानहरूमा सन् २०१३ जुलाई र तेस्रो चरणमा विकास बैङ्क, फाइनान्स तथा बीमा कम्पनी र अन्य सरकारी संस्थानहरूमा सन् २०१४ जुलाईदेखि यो व्यवस्था लागू गरिने योजना छ । बाँकी सबै कम्पनीमा सन् २०१५ जुलाईदेखि आईएफआरएस लागू हुनेछ । अस्थायी समितिमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा लेखा व्यवसायीका प्रतिनिधि सदस्य रहेका छन् । यो योजनाको कार्यान्यवयनसँगै एनएएस आईएफआरएसमा परिणत हुनेछ । यसले सम्पूर्ण कम्पनी तथा संस्थाहरूको लेखा व्यवस्थामा प्रभाव पार्ने मास्केले बताए । हाल नेपाली कम्पनीहरूको वित्तीय प्रतिवेदन एनएएस २००८ अनुरूप राख्नुपर्ने व्यवस्था छ । ‘एनएएस २००८ को अक्षरशः पालना गर्ने हो भने पनि त्यो झण्डै आईएफआरएस जस्तै हुनेछ,’ मास्केले भने । 

विश्वका ९० मुलुकमा आईएफआरएस पूर्णरूपमा लागू भइसकेको छ भने १ सय २० मुलुकले शेयरमा सूचीकृत कम्पनीहरूका लागि आईएफआरएसको व्यवस्था गरेका छन् । दक्षिण एशियामा पाकिस्तानले पूर्णरूपमा आईएफआरएस लागू गरिसकेको छ भने बङ्गलादेशले आंशिक रूपमा लागू गरेको छ । भारतले भने पटकपटक लागू गर्ने मिति सार्दै आएको छ ।
September 11, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...