Wednesday, December 31, 2014

नयाँ त्रिवर्षीय योजनाको तयारी

असोज १३, काठमाडौं । सरकारले नयाँ त्रिवर्षीय योजनाको तयारी शुरू गरेको छ । चालू त्रिवर्षीय योजनाको अवधि यसै आर्थिक वर्षमा सकिने भएकाले आगामी आव २०७०/७१ देखि शुरू हुने नयाँ त्रिवर्षीय योजनाको लागि राष्ट्रिय योजना आयोगले आन्तरिक तयारी थालेको हो । २हप्ताअघि बसेको आयोगको बैठकले नयाँ योजनाको तयारीका लागि सदस्य जनकराज शाहलाई संयोजकको जिम्मेवारी दिएको थियो । २०६२/६३ को जनआन्दोलनपछि शुरू भएको त्रिवर्षीय योजनाको लहरमा यो तेस्रो अन्तरिम योजना हुनेछ । 

‘राजनीतिक सङ्क्रमण लम्बिएका बेला मध्यकालीन योजना ल्याउँदा राम्रो हुने आयोगको धारणा छ,’ शाहले भने, ‘हामी सरकारलाई पनि त्यसैअनुरूपको सुझाव दिने तयारीमा छौं ।’ त्यसैले आयोगले त्रिवर्षीय योजनालाई नै ध्यानमा राखेर आवश्यक पूर्वाधारको विकास र प्रक्रिया थालेको छ । संविधान निर्माण तथा संसदीय चुनावपछि बत्रे सरकारले नै पञ्चवर्षीय योजना ल्याउँदा राम्रो हुने शाहको भनाइ छ । नयाँ योजनाका लागि आयोगले चालू त्रिवर्षीय योजनाको मध्यावधि मूल्याङ्कन कार्य थालेको छ । ‘क्षेत्रगतरूपमा चालू योजनाको लक्ष्य र कार्यक्रमको २ वर्षे आवधिक समीक्षा गरिनेछ । त्यसपछि नयाँ योजनाको आधारपत्र विकासको काम अघि बढ्नेछ,’ उनले भने । समीक्षाका लागि सम्बन्धित मन्त्रालय तथा निकायहरूबाट सूचना सङ्कलनको काम अघि बढिसकेको उनले जानकारी दिए । 

अर्थशास्त्री केशव आचार्य पनि अहिलेको जस्तो सङ्क्रमणकालमा त्रिवर्षीय योजना ल्याउँदा नै राम्रो हुने बताउँछन् । उनी भन्छन्, ‘पाँचवर्षे योजना बने पनि सरकार परिवर्तन भएमा त्यसले अर्को पार्टीले बनाएको योजना नमात्रे सम्भावना बढी देखिएकाले त्रिवर्षीय योजना नै अहिलेका लागि उपयुक्त हो ।’ २०६७/६८ मा शुरू भएको दोस्रो त्रिवर्षीय योजनादेखि सम्पूर्ण दीर्घकालीन विकास आयोजनाका लागि रातो किताबमै ३ वर्षका लागि बजेट छुट्ट्याइने गरिएको छ । 

प्रभावकारी विकासका लागि दीर्घकालीन रणनीति आवश्यक परे पनि नेपालमा त्यस्तो रणनीति विकास हुन सकेको छैन । पूर्वाधार विकास तथा ठूला आयोजनाहरूका लागि दीर्घकालीन सोच र रणनीति आवश्यक पर्ने अर्थशास्त्रीहरू बताउँछन् । क्षेत्रगतरूपमै दीर्घकालीन रणनीति बनाएर अघि बढ्न सके विकास अझ प्रभावकारी र नतिजामुखी हुने आचार्यको धारणा छ । ‘बन, कृषि, स्वास्थ्य, शिक्षाजस्ता विकासका प्रमुख क्षेत्रहरूमा आगामी २०/२५ वर्षमा कहाँ पुग्ने भत्रे सोच बनाउनु जरुरी छ । २० वर्षपछि मुलुकलाई आवश्यक पर्ने इञ्जिनीयर र त्यसको उत्पादनका लागि आवश्यक योजना आजै बनाइएन भने त्यसबेला पनि हामी अहिलेकै जस्तो अवस्थामा रहने छौं,’ उनले भने । हाल कृषि विकास रणनीति तयारी भने अन्तिम चरणमा पुगेको छ ।
September 30, 2012 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...