Wednesday, December 31, 2014

महको ‘भ्यालु चेन’ निर्माणमा मेडेप

पूरै गाउँलाई अग्र्यानिक घोषणा गर्ने तयारी
  • पुस १२, आलीताल, डँडेलधुरा । आलीताल–१, चौडेलाका कमलसिंह बोहराले मौरी पाल्न थालेको झण्डै ३ दशक हुन थाल्यो । तर, २०६५ सालमा लघुउद्यम विकास कार्यक्रम (मेडेप)ले दिएको सातदिने मौरीपालन तालीमले उनलाई व्यावसायिक रूपले जान उत्प्रेरित गर्‍यो । अहिले उनी मह, मौरीघार बेचेर वार्षिक साढे ३ लाख रुपैयाँ कमाउँछन् । यसबाहेक मौरीपालन तालीम पनि उनको आम्दानीको अर्को बाटो हो । 
  • आलीताल, बेल्भाडीकी गोमती नेपालीसँग २२ घार मौरी छन् । थोरै खर्चमा छिटो प्रतिफल दिने यो व्यवसाय महिलामैत्री रहेको उनी बताउँछिन् । आलीताल, जाल्टुडाका कमल बोहरा र कमला बोहराको जोडीले मौरीघार उद्योग चलाइरहेको छ । त्यस्तै यहाँको उद्यमनगरमा मानबहादुर गिरिको मौरीघार उद्योग छ । मेडेपको सहयोगमा स्थापना भएका यी दुई उद्योगमा १२ जनाले रोजगारी पाएका छन् । सम्पूर्ण गाविसमा यी दुई उद्योगले मौरीघार आपूर्ति गर्छन् । 
  • जाल्टुडामै कर्ण नेपाली र गौमती नेपालीले मौरीपालनका लागि आवश्यक टोपी, पञ्जा सिलाउँछन् । गत असारदेखि असोजसम्मको ४ महीनामा मात्रै उनीहरूले १ हजार २ सय थान टोपी बेचिसकेका छन् । एउटा टोपीको १ सय रुपैयाँ पर्छ । नेपाली दम्पतीले पनि मेडेपबाटै तालीम लिएका हुन् । 



नेपाल सरकार र राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त सञ्चालनमा रहेको लघु उद्यम विकास कार्यक्रम (मेडेप)को सहयोगमा आलीतालमा महको ‘भ्यालु चेन’ निर्माण गरिएको छ । मौरीपालन, मह उत्पादन, तालीम, च्यूरी प्रवद्र्धन, घार तथा टोपी, पञ्जालगायत आवश्यक सामग्री उत्पादन तथा प्याकेजिङ र ब्राण्डिङसम्मका सबै गतिविधि यहीँ गर्नेगरी भ्यालु चेन निर्माण गरिएको हो । मेडेपले मौरीपालक किसानलाई तालीम दिने तथा अनुदानमा मौरीघार उपलब्ध गराउने, मौरीघार उद्योग स्थापनामा सहयोग गर्ने, अन्य आवश्यक सामग्री बनाउनेलाई तालीम दिनेलगायत काम गर्दै आएको छ ।

मेडेपले हस्तक्षेप गर्नुअघि पनि आलीतालमा किसानहरूले फाट्टफुट्ट रूपमा मौरी पालेका थिए । तर, मेडेपले तालीम तथा सामग्रीहरूमा सहयोग गर्न थालेपछि उनीहरू विस्तारै व्यावसायिक रूपमै यसमा लाग्न थालेका छन् । अहिले आलीताल गाविसमा मात्रै २ सय ७८ पूर्ण तथा अर्ध सक्रिय मौरीपालक तथा मह व्यवसायी छन् । तीमध्ये २ सय ४ जना महिला छन् । यहाँका महिला मौरीपालन आपूmहरूका लागि अप्ठ्यारो पेशा नभएको बताउँछन् । आलीताल –१, बेल्भाडीकी गोमती बोहरा भन्छिन्, ‘घरका अन्य काम सकेर बचेको समय मात्रै मौरीपालनमा लगाउने हो भने पनि महीनाको १०÷१२ हजार रुपैयाँ कमाउन सकिन्छ ।’ पछिल्ला वर्षहरूमा आलीतालबाट मात्रै २२ क्विण्टल मह उत्पादन हुने गरेको छ, जसबाट प्रतिवर्ष १ करोड ४० लाख रुपैयाँ गाउँ भित्रन्छ । साथै मौरीघार बेचेर पनि व्यवसायीहरूले ६० देखि ७० लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

आलीताल बहुउद्देश्यीय सहकारीले किसानहरूलाई महको बजार खोज्नमा मद्दत गरिरहेको छ । विगतका वर्षहरूमा त्यति प्रभावकारी बन्न नसकेको सहकारीले हाल मह खरीद, केरा खरीद, बचत तथा ऋण परिचालनलगायतका काम गर्दै आएको छ । आधुनिक मेशिनबाट च्युरीको घ्यू उत्पादन पनि गरिरहेको सो सहकारीले महको प्याकेजिङ तथा ब्राण्डिङमा काम गर्ने योजना बनाएको अध्यक्ष सुरतबहादुर बोहरा बताउँछन् । सहकारीमा १ सय ३२ बचतकर्ता तथा शेयर सदस्य छन् ।

आलीताल च्युरीको महका लागि प्रसिद्ध छ । त्यसो त यहाँ तोरीलगायत अन्य प्रकारका मह पनि नपाइने होइन, तर प्राकृतिक रूपमा जङ्गलमा पाइने च्युरीको शुद्ध सेतो मह किसानको घरैबाट बिक्ने गरेको छ । भीरपाखामा पनि हुर्कने च्युरीको मह बढी शुद्ध र अग्र्यानिक पनि हुन्छ । तर, आलीतालवासी यसैमा मात्र भर परेका छैनन् । उनीहरू च्युरी संरक्षणमा पनि उत्तिकै लागेका छन् ।

मौरीपालन व्यवसायमा थप टेवा पु¥याउन पूरै आलीताल गाविसलाई अग्र्यानिक घोषणा गर्ने योजना बनाइएको छ । गाउँलाई अग्र्यानिक बनाउने प्रक्रिया शुरू भएको २ वर्ष भइसक्यो । आलीताल –१, चौडेलाका कमलसिंह बोहरा भन्छन्, ‘हामीले अग्र्यानिक प्रमाणपत्रका लागि प्रक्रिया शुरू गरेको यसै महीना २ वर्ष पुग्छ । ओसीएन (अग्र्यानिक सर्टिफिकेशन नेपाल)ले यहाँको स्थलगत अध्ययन गरेको छ ।’ यहाँको अग्र्यानिक गुणस्तर कुनै प्रकारले प्रभावित नभएको पाइएमा ओसीएनले यसै वर्ष गाउँलाई अग्र्यानिक सर्टिफिकेट दिने मेडेपले जानकारी दिएको छ ।

गुणस्तरमा केही कमी देखिएमा त्यसमा सुधार गरी आगामी वर्ष अग्र्यानिक सर्टिफाइड हुने गाउँलेको योजना छ । सहकारीले यसका लागि विशेष पहल गरिरहेको छ ।
December 28, 2014 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...