Wednesday, December 31, 2014

चीनद्वारा नेपाललाई १३ अर्ब सहयोगको घोषणा


पुस ११, काठमाडौं । चीनले नेपाललाई दिंदै आएको अनुदान सहयोग बढाएर वार्षिक १३ अर्ब पुर्‍याउने बताएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई वार्षिक १३ अर्ब ८ करोड रुपैयाँ (८० करोड युआन) अनुदान सहयोग गर्ने प्रविद्धता व्यक्त गरेका हुन् । शुक्रवार राजधानीको सोल्टी होटलमा भएको परराष्ट्र मन्त्रीस्तरीय वैठकमा चीनले नेपाललाई पूर्वाधार, लगानी, व्यापार, जलस्रोत, कृषि, विज्ञान प्रविधि, संस्कृति, पर्यटन र सुरक्षा तथा कानून कार्यान्वयन गरी नौ क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।


‘ती नौ क्षेत्रमा चीनले तीन तरिकाले सहयोग गर्ने छ,’ वैठक पछि आयोजित संयुक्त पत्रकार सम्मलेनमा बोल्दै यीले भने, ‘त्यसमा लगानी, मानव संशाधन सहयोग र चीनका विभिन्न प्रान्त र नेपालबीच प्रविधि तथा अन्य कुराहरुको आदानप्रदान छन् ।’ आवश्यक परेको खण्डमा थप क्षेत्रमा थप सहयोग गर्ने पनि उनको प्रतिवद्धता थियो । नेपाल र चीनबीच साँस्कृतिक आदानप्रदान बढाउनुपर्नेमा पनि यीले जोड दिए ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, ‘सन् २०२२ मा नेपालले अतिकम विकसित मुलुक (एलडीसी)बाट विकाशशीलमा स्तरोन्नति हुन बनाएको योजनामा चीनले सघाउने भएको छ ।’ त्यसैले पूर्वाधार, ऊर्जा र पर्यटनमा चीनले लगानी तथा अन्य सहयोग गर्ने भएको उनको भनाइ थियो । चीनले नेपाललाई विकसित मुलुकको रुपमा हेर्न चाहेको र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा चीनको पर्यवेक्षकको रुपमा भएको उपस्थिति नेपालका लागि पनि फाइदाजनक रहेको पाण्डेले बताए । 

यीले पनि ऊर्जा सहकार्यको महत्वपूर्ण क्षेत्र भएकोमा जोड दिएका थिए । नेपाल चीनलाई दक्षिण एशियासँग जोड्ने पुल बन्न सक्ने उनको भनाइ थियो । नेपाल, भारत र चीनबीच सहकार्य र साझेदारी अपरिहार्य रहेको बताउँदै उनले भने, ‘पछिल्ला दिनहरुमा चीन र भारतबीच रणनीतिक सम्बन्ध पनि विस्तार हुँदै गएको छ । नेपालको दुवै ठूला छिमेकीसँग राम्रो सम्बन्ध होस भन्ने हाम्रो चाहना हो ।’ आगामी वर्ष दुई मुलकबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ६ दशक पुरा हुँदैछ । सो अवसरमा दुवै मुलुकले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताएका छन् । 

यीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री शुशील कोइराला, अन्य मन्त्रीहरुलगायतसँग पनि भेट गर्नेछन् ।
December 26, 2014 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...