नेपालको औषधि उद्योगमा हालसम्म कम्तीमा पनि १४ अर्बदेखि बढीमा २८ अर्ब रुपैयाँ लगानी भइसकेको छ । सञ्चालनमा रहेका ९४ औषधि उद्योगमा सो रकम लगानी भएको नेपाल औषधि उत्पादक सङ्घ (एप्पोन)को भनाइ छ । नेपालमा एउटा औषधि उद्योग स्थापना तथा सञ्चालन गर्न १५ देखि ३० करोड रुपैयाँ लाग्ने सङ्घका अध्यक्ष महेश गोर्खाली बताउँछन् । गत आर्थिक वर्ष २०६८/६९ मा दर्ता भएका २३ उद्योगहरूमा मात्र १ अर्ब ८३ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ ।
हालसम्म औषधि व्यवस्था विभागमा दर्ता भएका २ सय ४६ मध्ये ९४ औषधि उद्योगले औषधि उत्पादन गरिरहेका छन्, जसमा ४५ एलोपेथिक, ४२ आयुर्वेदिक र ७ भेटेरिनरी छन् । पछिल्ला वर्षहरूमा औषधि उद्योग दर्ता हुने क्रम पनि बढेको छ । गत आवमा मात्रै २३ ओटा फर्मास्युटिकल्स कम्पनी दर्ता भएका छन् । अघिल्लो आव २०६७/६८ मा ९ ओटा औषधि उद्योगमात्र दर्ता भएका थिए । नेपालमा प्रतिवर्ष १६ अर्ब रुपैयाँबराबरको औषधि खपत हुने गरेको छ । एप्पाने का अनुसार गत आव २०६८/६९ मा एलोपेथिक, आयुर्वेदिक र भेटेनरी गरी सवा ६ अर्ब रुपैयाँबराबरको औषधि उत्पादन भएको थियो । यो भनेको नेपालमा कुल खपत हुने औषधिको ४० प्रतिशत मात्रै हो । त्यसैले नेपाली बजारको औषधिको पूरा माग धान्नका लागि १६ अर्ब रुपैयाँबराबरको औषधि आवश्यक पर्छ । औषधि उत्पादनमा मुलुक विस्तारै आत्मनिर्भरतातर्फ बढ्दै गएको व्यवसायीहरू बताउँछन् । नेपाल विभिन्न ६० थरीका औषधिमा आत्मनिर्भर भइसकेको छ भने विगतका केही वर्षमा औषधि उत्पादनमा प्रतिवर्ष १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ‘गतवर्ष मात्रै औषधि उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ,’ गोर्खालीले भने ।
नेपालको ग्रामीण जनसङ्ख्याको उल्लेख्य अंश अभैm पनि आधुनिक स्वास्थ्य सेवा तथा औषधि प्रयोगको बारेमा सचेत भइसकेको छैन । स्वास्थ्यसम्बन्धी जनचेतना र औषधिको प्रयोग बढ्दै जाँदा माग पनि सोहीअनुरूप बढ्नेछ । त्यसैले औषधि उद्योग अभै पनि लगानीका लागि राम्रो सम्भाव्य क्षेत्र हो । विभिन्न जडीबुटी तथा औषधीय वनस्पतिहरू प्रचुर मात्रामा पाइने नेपालमा आयुर्वेदिक औषधि उद्योगको अभै बढी सम्भावना छ । यसका साथै पशुपालनमा भइरहेको तीव्र वृद्धिले भेटेरिनरी औषधि उद्योगको पनि उत्तिकै सम्भावना देखिएको छ ।
उच्च ज्ञान र प्रविधिको आवश्यकता पर्ने क्यान्सर, इञ्जेक्टेबल (पेन्सिलिन, हर्मोन्स आदि)को उत्पादन नेपाली औषधि उद्योगले नगरेको गोर्खाली बताउँछन् । ‘हाइपरटेन्शन, डायबिटिजलगायत औषधिहरूको माग अन्तरराष्ट्रिय बजारमा निकै बढेको छ । यहाँ पनि त्यसको प्रभाव देखिन थालेको छ भने ‘वेलनेश मेडिसिन’ भनिने भिटामिन तथा हर्बलहरूको पनि उच्च माग रहेको छ,’ उनले भने ।
चुनौती
नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउने कुनै योजना हालसम्म बनेको छैन । यसका लागि एप्पोन, सरकार र अन्य सरोकारवालाहरू मिलेर रणनीति बनाउनु पर्ने गोर्खालीको भनाइ छ । अन्य मुलुकको तुलनामा नेपालमा औषधि उत्पादनको लागत मूल्य बढी भएकाले नेपाली उत्पादनले विदेशी औषधिसँग प्रतिस्पर्धा गर्न नसक्ने देउराली जनता फर्मास्युटिकल्सका अध्यक्ष हरिभक्त शर्माको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा लोमस फर्मास्युटिकल्सका अध्यक्ष प्रदीपजङ्ग पाण्डे नेपाली औषधि उद्योग छिट्टै आत्मनिर्भर हुनेमा शङ्का व्यक्त गर्छन् । ‘१५ वर्षअघि ३० प्रतिशत रहेको आन्तरिक उत्पादन अहिले आएर बल्ल ४० प्रतिशत पुगेको छ । हाम्रो बजारको आकार सानो छ । त्यसैले विगतमा धेरै औषधि उद्योग बन्द पनि भएका छन्,’ उनले भने ।
मानव संसाधनको कमी यस उद्योगको अर्को चुनौती हो राम्रो जनशक्ति विदेशिनु र उपत्यकाबाहिरका उद्योगहरूमा जनशक्ति नटिक्नु औषधि उद्योगहरूका लागि ठूलै समस्या बनेको छ । ऊर्जासङ्कटले पनि उद्योगीहरूलाई उत्तिकै मर्कामा पारेको छ । सबै मुलुकमा औषधिको बजारलाई उच्च नियमन गरिएको हुन्छ त्यसैले त्यहाँ प्रवेश पाउनका लागि सम्बन्धित मुलुकको स्वीकृति लिनुपर्छ, जसका लागि उच्च गुणस्तरको औषधि उत्पादन गर्नु जरुरी छ भियतनामलगायत केही मुलुकले नेपाली औषधिमा रुचि देखाए पनि उनीहरूसँग सोझो हवाई तथा यातायात सम्पर्क नभएकाले निर्यात गर्न नसकिएको गोर्खालीले बताए ।

October 1, 2012 Published in Aarthik Abhiyan Daily
No comments:
Post a Comment