Thursday, January 1, 2015

विश्व बैङ्कको मुख्य सहयोग सडक र पुलमा

फागुन १४, काठमाडौं । विश्व बैङ्कले नेपालमा गर्ने सहयोगको प्राथमिकतामा सडक र पुल परेका छन् । वर्तमान लगानी पोर्टफोलियोअनुसार उसको कुल लगानीको २० प्रतिशत सडक र पुलमा रहेको बैङ्ककी नेपाल कण्ट्री म्यानेजर तहसिन सैयदले जानकारी दिइन् । हाल विश्व बैङ्कले पूर्वाधार, शिक्षा, ऊर्जा, स्वास्थ्य र कृषिक्षेत्रका विभिन्न परियोजनामा १ खर्ब ५९ अर्ब ४६ करोड रुपैयाँ सहयोग गरिरहेको छ । त्यसको सबैभन्दा ठूलो अंश सडक पूर्वाधारमा गएको छ भने त्यसपछि बढी लगानी भएका क्षेत्रमा शिक्षा र जीविकोपार्जन रहेका छन् । दुवैमा बैङ्कले १८÷१८ प्रतिशत लगानी गरेको छ । त्यसैगरी बैङ्कले उपलब्ध गराउने सहयोगको १५ प्रतिशत ऊर्जामा गएको छ भने स्वास्थ्य र पोषणमा १३ प्रतिशत लगानी भएको छ । 

बैङ्कअन्तर्गतको अन्तरराष्ट्रिय विकास संस्था (आईडीए)ले हाल सञ्चालनमा रहेका र नयाँ बन्ने १७ परियोजनालाई १ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । ‘आईडीएकै दुई क्षेत्रीय परियोजनामा ८ अर्ब ८७ करोड रुपैयाँ लगानी भएको छ भने १८ ट्रष्ट फण्ड मार्फत १५ अर्ब ३१ करोड रुपैयाँ परिचालन भएको छ,’ सैयदले भनिन्, ‘त्यसैगरी बैङ्कले आईडीएअन्तर्गत वार्षिक रूपमा १७ अर्ब ४० करोड रुपैयाँ पनि उपलब्ध गराउँदै छ ।’ 

सन् १९६९ मा एक दूरसञ्चार विकास परियोजनादेखि जोडिएको नेपाल र विश्व बैङ्कको सम्बन्ध ५० वर्षको भइसकेको छ । यसबीचमा बैङ्कले नेपाललाई आईडीएमार्पmत मात्र २ खर्ब २६ अर्ब २० करोड रुपैयाँ ऋण र ८४ अर्ब ८२ करोड रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ । सन् २००८ देखि बैङ्कले नेपाललाई दिने सहयोगमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ । विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने सहायतामा ५५ प्रतिशत ऋण र ४५ प्रतिशत अनुदान रहने गरेको छ । अनुदानस्वरूप उपलब्ध भएको रकम फिर्ता गर्नुपर्दैन भने ऋण ४० वर्षका लागि निब्र्याजी उपलब्ध हुन्छ । 

हाल आगामी ५ वर्ष (२०१३–२०१७)का लागि ‘नेपाल सहायता रणनीति’ बनाउँदै गरेको बैङ्कले त्यसमा पनि पूर्वाधार, शिक्षा र कृषिक्षेत्रको विकासलाई प्राथमिकता दिने बताएको छ । त्यस्तै, बैङ्कले यस पटकदेखि ऊर्जामा लगानी थप्ने पनि जानकारी दिएको छ । ‘हामीले स्थानीय विकास आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गर्नेछौं,’ सैयदले भनिन्, ‘मुलुक राजनीतिक अस्थिरताको दुश्चक्रमा भए पनि विश्व बैङ्कले दीर्घकालीन विकास कार्यक्रममा ध्यान केन्द्रित गर्नेछ ।’ 

एशियाली विकास बैङ्कपछि विश्व बैङ्क नेपालको दोस्रो ठूलो दाता हो । हाल विश्व बैङ्क समूहअन्तर्गतका आईडीए, आर्र्ईएफसी र बहुपक्षीय लगानी प्रत्याभूति संस्था (मिगा)मार्फत नेपालले ऋण तथा अनुदानका साथै प्राविधिक र नीतिगत परामर्श प्राप्त गरिरहेको छ । आईडीएले १ हजार २५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आए भएका गरीब मुलुकहरूलाई सहयोग गर्छ भने आर्र्र्र्ईएफसीले १ सय ७९ मुलुकमा निजीक्षेत्रका कम्पनीहरूलाई सहयोग गरिरहेको छ । त्यस्तै, मिगाको काम राजनीतिक जोखीमको बीमा गर्नु हो ।

February 26, 2013 Published in Aarthik Abhiyan Dailly

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...