Thursday, January 1, 2015

औद्योगिक मोनोग्राफको तयारी


चैत २५, काठमाडौं ।
केन्द्रीय तथ्याङ्क विभागले पहिलोपटक औद्योगिक मोनोग्राफ निर्माण गर्ने भएको छ । २०२२ सालदेखि शुरू भएको औद्योगिक गणनाको हाल दशौं संस्करणका लागि तथ्याङ्क सङ्कलन आरम्भ भइसकेको छ ।
तर, हालसम्म पनि औद्योगिक मोनोग्राफ निर्माण गरिएको थिएन । ‘हामीले पहिलोपटक समग्र औद्योगिक क्षेत्रको प्रोफाइल तयार गर्ने सोच बनाएका छौं,’ विभागका उपमहानिर्देशक सुमनराज अर्यालले अभियानसँग भने । आगामी वर्ष मोनोग्राफको तयारी थालिने उनले जानकारी दिए ।
अर्यालका अनुसार दशौं औद्योगिक गणनामा आधारित हुने सो मोनोग्राफमा पहिलो औद्योगिक गणनादेखि हालसम्मको समय शृङ्खला, क्षेत्रगत प्रोफाइल र औद्योगिक विकासक्रमको ‘स्न्यापशट’ समावेश हुनेछ । मोनोग्राफमा कृषि, म्यानुप्mयाक्चरिङ, विद्युत्, पर्यटन, खानी तथा उत्खनन, यातायात तथा सञ्चार, स्वास्थ्यलगायतका क्षेत्रको तथ्याङ्कीय तस्वीर प्रस्तुत गरिनेछ ।
संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास संस्था (युनिडो)ले पनि औद्योगिक मोनोग्राफमा चासो देखाएको छ । ‘युनिडोले विभागसँग सहकार्य गर्न रुचि देखाएको छ । युनिडोसँग मानव संसाधन विकास तथा प्राविधिक क्षेत्रमा सहकार्य हुन सक्छ,’ अर्यालले भने, ‘तर, यस सम्बन्धमा ठोस पहल हुन भने बाँकी नै छ ।’
यसैबीच, दशौं औद्योगक गणनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले विशेष सहयोग गरेको विभागले जानकारी दिएको छ । ती संस्थाले आप्mना सदस्य उद्योगी–व्यवसायीलाई औद्योगिक गणनामा सहयोग गर्नऔपचारिक रूपमै पत्राचार गरेको विभागले बताएको छ । ‘यसरी उद्योगी व्यवसायीका छाता संस्थाहरूले आप्mना सदस्यलाई गरेको आग्रहले ठूलो अर्थ राख्छ,’ विभागअन्तर्गतको औद्योगिक प्रतिष्ठान गणना तथा सर्वेक्षण शाखाका निर्देशक अनिल शर्माले भने, ‘यसले औद्योगिक गणनाकै बारेमा पनि व्यवसायीहरू सकारात्मक बन्नेछन् ।’ 
माघको तेस्रो सातादेखि शुरू भएको औद्योगिक गणनाको तथ्याङ्क सङ्कलन कार्य हाल जारी छ । यसै आर्थिक वर्षभित्र तथ्याङ्क सङ्कलनको काम सम्पन्न हुने अर्यालको भनाइ छ । ‘वैशाखको अन्त्यसम्ममा उपत्यकाबाहेक अन्य स्थानको ९० प्रतिशत गणना सक्ने लक्ष्य लिएका छौं,’ उनले भने । पचहत्तरै जिल्लाका उद्योग प्रतिष्ठानहरूको तथ्याङ्क सङ्कलनका लागि विभागले आप्mना सबै ३३ शाखा तथ्याङ्क कार्यालयहरूलाई परिचालन गरेको छ भने ९० गणक फिल्डमा खटिएका छन् । 
गणनामा १० जनाभन्दा बढीलाई रोजगारी दिएका मुलुकभरका उद्योग, तिनको उत्पादन, कर्मचारी÷मजदूर सङ्ख्या, कच्चा पदार्थको उपयोगलगायतको तथ्याङ्क सङ्कलन गरिन्छ । युनिडोको मार्गनिर्देशनमा बनेको ‘नेपालस्तरीय औद्योगिक वर्गीकरण (एनएसआईसी)’अनुसार उद्योगहरूको गणना गरिँदै छ ।
आव २०२०÷२१ देखि थालिएको औद्योगिक गणनाको पछिल्लो संस्करण २०६४ मा ६७ जिल्लाका ३ हजार ४ सय ४६ उद्योग समेटिएका थिए । यो वर्ष त्यस्ता ठूला उद्योगको सङ्ख्या ४ हजारभन्दा बढी पुग्ने विभागको अनुमान छ । 

April 8, 2013 Published in Aarthik Abhiyan Daily

No comments:

Post a Comment

Featured Story

Govt prepares primary draft of DRR Policy

Kathmandu, Apr. 29: The government has prepared the preliminary report of the National Disaster Risk Reduction (DRR) Policy and Strategic ...